समाज

प्रधानमन्त्री ओलीले आज दोस्रो चरणको कोरोना विरुद्धको खोप लगाउदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले सञ्चारकर्मीसँग भएको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रियामा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान १० बजे खोप लगाउने कार्यक्रम रहेको जानकारी दिए । सरकारले आइतबारदेखि नै दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप सञ्चालन गर्दैछ । सो अवसरमा करीब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने

बालुवाटारमा आज ओली समुहको संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समुहको आज संसदीय दलको बैठक बस्दैछ । ओलीलाई संसदीय दलको नेताबाट प्रचण्ड–नेपाल पक्षले शुक्रबार हटाएर पुष्पकमदल दाहाल (प्रचण्ड)लाई संसदीय दलको नेतामा चयन गरेका थिए । ओलीलाई हटाएको भोलिपल्ट आज (शनिबार) ओली समुहको संसदीय दलको बैठक प्रधानमन्त्री निवास (बालुवाटार)मा बस्ने भएको हो । आफ्ना पक्षमा प्रचण्ड-नेपाल पक्षले १११ सांसद रहेको दाबी गरेको छ भने ओली समूहले पनि ससंदीय दलमा आफ्नै बहुमत रहेको दाबी गर्दै आईरहेको

त्रिविले परीक्षालाई व्यवस्थित बनाउन परीक्षा केन्द्रमा सीसी क्यामेरा अनिवार्य राख्ने

काठमाडौं । परीक्षालाई व्यवस्थित बनाउन त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्रमा अब सीसी क्यामेरालाई अनिवार्य गरेको छ । त्रिविले सञ्चालन गर्ने वार्षिक परीक्षा प्रणालीअन्तर्गतका परीक्षा सञ्चालन प्रक्रियामा सीसी क्यामेरालाई अनिवार्य गरेको हो । योसँगै त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आगामी २० चैतभित्र परीक्षा सञ्चालन, उत्तरपुस्तिका सिलबन्दी कक्ष र प्रवेशद्वारको सम्पूर्ण दृश्य आउनेगरी डेढ महिनासम्म रेकर्ड गर्न मिल्ने सीसी क्यामेरा जडान गरी सोको विवरण उपलब्ध गराउन सम्बन्धित परीक्षा केन्द्रलाई सूचित गरेको छ । त्रिवि

नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ताका लागि दिउसो बन्द

काठमाडौं । पहिरो रोकथामका बाँकी काम सम्पन्न गर्न नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसो एक हप्ताका लागि बन्द गरिने भएको छ । फागुन २३ देखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडक खण्डअन्तर्गत चार किलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्न सडक बन्द गर्न लागिएको जनाएको छ । सडकखण्डमा बिहान १०ः३० देखि दिउँसो ३ बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजनाका इन्जिनियर

चलचित्र विकास बोर्ड र सेन्सर बोर्डको रिक्त सदस्य पदमा नियुक्त

काठमाडौं । सरकारले चलचित्र विकास बोर्ड र चलचित्र सेन्सर बोर्डमा रिक्त सदस्य पदमा नियुक्त गरेको छ । संचार, सूचना तथा प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको सदस्यमा निर्माता अर्जुनकुमार डंगोल, निर्देशक प्रकाश भट्टराई र कलाकार राज कटुवाललाई नियुक्त गरेको छ । अर्जुनकुमार निर्माता तथा गायक हुन् । उनले चलचित्र ‘चपली हाइट’का तीन सिरिजका साथै ‘फिटकिरी’, ‘फाटेको जुत्ता’ निर्माण गरेका छन् । प्रकाश भट्टराई चलचित्र निर्देशक हुन् । उनले चलचित्र ‘भाग्य’ निर्देशन

एजपटक जनमत संग्रहमा जानुपर्छ : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले देशका सबै निर्णयहरुको अधिकार जनतालाई दिनुपर्ने बताएका छन् । राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर कार्यक्रम’मा सम्बोधन गर्दै उनले देशका अधिकांश समस्याहरुबाट मुक्ति पाउन जनताले एकपटक निर्णयको अधिकार पाउनुपर्ने बताए । विप्लवले नेपालको बारेमा स्वतन्त्र रुपले जनताले मत राख्ने प्रत्यक्ष प्रणालीमा जानुपर्ने धारणा राख्दै भने, ‘अब त्यो अवसर र अधिकार हामीले जनतालाई दिनुपर्छ

सरकार र विप्लव नेतृत्व नेकपाविच सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच बिहीबार भएको सहमतिमा शुक्रबार विशेष कार्यक्रमका बीच हस्ताक्षर भएको छ । शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा सरकारी वार्ता टोलीका संयोजक तथा गृहमन्त्री रामबहादुर थापा र नेकपाका वार्ता टोलीका संयोजक तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका हुन् । नेत्रविक्रम चन्द समूह नेतृत्वको नेकपामाथि दुई वर्षअघि लगाएको प्रतिबन्ध सरकारले बिहीबार फुकुवा गरेको थियो । हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्ने चन्द

नेकपा उपाध्यक्ष गौतमलाई भेट्न भैंसेपाटी पुगे प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई भेटेका छन् । घरभित्रै लडेर सामान्य चोट लागेका गौतमलाई शुत्रबार साँझ भैँसेपाटी पुगेर प्रधानमन्त्री अ‍ोलीले भेटेका हुन् । भेटमा ओलीले गौतमको स्वास्थ्य लाभको कामना गरेका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ‘उहाँलाई स्वास्थ्य लाभको कामना गर्न प्रधानमन्त्री भैंसेपाटी जानु भएको हो । अहिलेको अवस्थामा पक्कै पनि राजनीतिक विषयमा छलफल हुन्छ नै,’ थापाले भने । पुष्पकमल

तीनसातादेखि बन्द रहेको नेपाल–चीन रसुवागढी नाका  आजबाट सञ्चालनमा

काठमाडौं । तीनसतादेखि बन्द रहेको नेपाल–चीन व्यापारीक नाका रसुवागढी आजबाट सञ्चालनमा आएको छ । ल्होसारका कारण माघ २९ गतेदेखि बन्द नाका आजबाट खुलेको रसुवा भन्सार कार्यालय प्रमुख राम प्रसाद रेग्मीको भनाई छ । नेपाली व्यावसायीको सामान बोकेका ७ वटा कन्टेनर केरुङबाट नेपालतर्फ आउँदै गरेको उनले बताए । नाका खुल्ने सम्बन्धी जानकारी चिनियाँ अधिकारीहरुले बिहीबार बेलुकी नेपाल पक्षलाई गराएका थिए । भन्सार प्रशासन खुल्लै रहे पनि कामदार छुट्टीमा गएपछि २३ दिनदेखि

महाशिबरात्रीमा सेनाले सल्यानमा म्याराथन गराउदै

सल्यान । महाशिबरात्री तथा सेना दिवसको अवसरमा नेपाली सेनाको सबुज गण सल्यान गुल्मको आयोजनामा म्याराथन दौड सञ्चालन हुने भएको छ । फागुन २७ गते सल्यान (शारदा नगरपालिका वडा नम्बर २ सुरक्षा पोस्ट खलंगामा ) १८ देखि माथि ५० बर्ष समुहका महिला तथा पुरुष ५० बर्ष माथि उमेरमा समुहका महिला पुरुष नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बलका महिला तथा पुरुष १८ बर्ष उमेर ननाघेकाहरुले उक्त प्रतियोगितामा भाग लिन पाउने छन।