समाज

सविनको 'गणपतिमा' मुकुन र मेनुकाको जोडी

काठमाडौं । अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधानलाई पहिलो पटक दर्शकले  एकसाथ  चलचित्र ‘गणपति’ मा देख्ने भएका छन । तनहुँको बन्दीपुर गाउँपालिकाबाट चलचित्रको छायांकन विहिवारवाट सुरु भएको छ । गाउँले परिवेशमा खिचिने चलचित्रलाई सविन अधिकारीले निर्देशन गरिरहेका छन् । सविनकै कथा रहेको चलचित्रमा लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरीको लगानी रहेको छ । मानिस र भगवान बीचको फरक देखाइने चलचित्रमा सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल,

मलेशियावाट एकैपटक १७ जना नेपालीको शव नेपाल आयो

काठमाडौं । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धन कमाउने सपना र अभिलाषा बोकेर विभिन्न समयमा मलेसिया पुगेका १७ जनाको शव आइपुग्यो । एकैसाथ १७ शवका लस्कर देखिएपछि मृतकका आफन्तमात्र नभएर विमानस्थलकै कर्मचारीसमेत स्तब्ध भए । मलेशियास्थित नेपाली दूतावासँगको समन्वयमा निगमले नेपालीको शव ल्याएको हो । नेपाली दूतावासलाई उद्धृत गर्दै निगमले जनाएअनुसार अझै त्यहाँ ३७ वटा शव रहेको छ । ती शव समयभित्रै नेपाल ल्याउन निगमले आवश्यक तयारी भइरहेको जनाएको छ ।

सुविधा थपिसंगै सशस्त्र प्रहरीमा उत्साह

काठमाडौं । सशस्त्र प्रहरी बलका कर्मचारीका केही सुविधा थप भएका छन् । संगठनको २० औं स्थापना दिवसको अवसरमा कल्याणकारी कोषमार्फत दिइने सुविधा थप गरिएको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले  नयाँ कल्याणकारी कार्यक्रम सार्वजनिक गरेका छन् । सशस्त्र प्रहरी कर्मचारीले अनिवार्य अवकाश पाउनुभन्दा एक वर्षअघि दुई लाखसम्म सहुलियत कर्जा पाउने भएका छन् । अवकाशपछि स्वरोजगारमा आबद्धताका लागि सहयोग पु¥याउने उद्देश्यले प्राविधिक तथा सीपमूलक तालिमका लागि पाँच वर्षभित्र तिर्ने गरी

इंग्ल्यान्डसँगको दोस्रो टेष्ट खेलमा श्रीलंकाको बलियो अग्रता

एजेन्सी । इंग्ल्यान्डसँगको दोस्रो टेष्ट खेलमा घरेलु टोली श्रीलंकाले बलियो अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा इंग्ल्यान्ड २ सय ८३ रनले पछि परेको छ । पहिलो इनिङ थालेको इंग्ल्यान्ड ३० ओभरमा ९८–२ को अवस्थामा छ । इंग्ल्यान्डका कप्तान जो रुट ७७ बलमा १० चौका सहित ६७ रनमा अविजित छन् । जोनी बेयरस्टो ६५ बलमा ४ चौका सहित २४ रनमा अविजित छन् । तेस्रो विकेटका लागि रुट र बेयरस्टोले ९३

रुसी विपक्षी नेता नाभाल्नीको समर्थनमा प्रदर्शन दर्जनौँ पक्राउ

मस्को । रुसमा जेलमा रहेका विद्रोही नेता एलेक्सी नाभाल्नीको समर्थनमा निकालिएको प्रदर्शनबाट शनिबार दर्जनौँ व्यक्तिहरूलाई गिरफ्तार गरिएको छ । रुसी प्रहरीले राजधानी मस्कोमा मानिसहरूलाई घरभित्रै रहन निर्देशन दिएको छ भने नाभाल्नीका निकटस्थहरूलाई शनिबारको प्रदर्शनअगाडि नै गिरफ्तार गरिएको छ । गत आइतबार जर्मनीबाट स्वदेश फर्केका विपक्षी नेता नाभाल्नी पुटिनका कटु आलोचक मानिन्छन् । नाभाल्नीलाई विमानस्थलमा गिरफ्तार गरेपछि उनका समर्थकहरूले सामाजिक सञ्जालमार्फत आयोजना गरेको प्रदर्शन रुसका ६० सहरमा भएको बताइएको छ ।

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

नवलपरासी । नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । कावासोती नगरपालिका–८, स्थित भित्री सडकखण्डमा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कावासोती नगरपालिका–३ बस्ने २४ वर्षीय हेमराज थापा र कावासोती–८ बस्ने २६ वर्षीय सुनिल जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताए । मोटरसाइकल अनियन्त्रित भई सालको रुखमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक गिरीले

सिरहामा प्रेसरकुकर बम भेटियो

सिरहा। सिरहामा प्रेसरकुकर बम फेला परेको छ । सिराको मिर्चैया नगरपालिका ५ जिबाखोलाको पुलमा प्रेसरकुकर बम फेला परेको हो । प्रहरीका अनुसार शनिबार बिहान पुलमा प्रेसर कुकर बम भेटिएपछि डिस्पोजलका लागि चोहर्वास्थित श्री सेर गणबाट नेपाली सेनाको डिसपोजल टोली घटनास्थल तर्फ गएका छन् । बम कसले र के प्रायोजनको लागि लागि राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको छ । अहिले पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन बन्द गरिएको जिल्ला प्रहरी सिरहाका प्रवक्ता डिएसपी

रुकुम पूर्वमा १० नयाँ मतदान स्थल थप गरिदै

रुकुम पूर्व । रुकुम पूर्वका विभिन्न ठाउँमा नयाँ १० मतदान स्थल थप गर्न सिफारिस गरिने भएको छ । मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी राजकुमार राईको अध्यक्षतामा बसेको बैठकले जिल्लाका १० ठाउँमा मतदान स्थल थप गर्न सिफारिस गरी पठाउने निर्णय गरेको हो । जिल्लामा मतदान स्थल र मतदान केन्द्र थप गर्ने विषयमा छलफल भई १० ठाउँमा नयाँ मतदान स्थल तोक्नका लागि सिफारिस गर्ने निर्णय

देशभर कोरोनाविरुद्धको खोप पठाइदै, पहिलो चरणमा ५० हजारलाई लगाउने

काठमाडौं । देशभर पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाउन चाहनेको संख्या ५० हजार पुगेको छ । त्यसका लागि विद्युतीय प्रणालीबाट विवरण संकलन भइरहेको स्वास्थ्य मन्त्रालयको सूचना व्यवस्थापन इकाइले जनाएको छ । हिजोसम्म ५० हजारको विवरण संकलन भएको र हरेक घण्टामा तीन हजारभन्दा धेरैको नाम दर्ता भइरहेको सूचना व्यवस्थापन एकाइका प्रमुख राजेन्द्र पौडेलले जानकारी दिनुभयो । आज साँझसम्ममा पूर्ण विवरण आइसक्ने एकाइको अनुमान छ । विवरण आएसँगै आजैदेखि जिल्ला जिल्लामा खोपको मात्रा

ठाकुरबाबा नगरपालिकाद्धारा ज्येष्ठ तथा असहाय नागरिकलाई न्यानो लत्ता कपडा वितरण

वर्दिया । पछिल्लो समय तराईका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लागेसंगै जाडो ह्वात्तै बढेको छ । जाडो बढेसँगै अधिकांश स्थानिय निकायहरुले ज्येष्ठ नागरिकहरुलाई कम्बल तथा न्यानो लत्ता कपडाहरु वितरण गरिरहेका छन । ठाकुरबाबा नगरपालिका वर्दियाले विहिवार नगरपालिकाका विभिन्न वडाका ज्येष्ठ तथा असहाय नागरिकलाई न्यानो लत्ता कपडा बितरण गरिएको नगर प्रमुख रामहरी रिजालले जानकारी दिनुभयो ।   विभिन्न वडाका वडाध्यक्ष लगायत जनप्रतिनिधिहरु र महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख लगायतको उपस्थितीमा