ताप्लेजुङमा डढेलो वड्दै, स्थानीय त्रसित
काठमाण्डाै । हेलिकप्टरबाट पानी खन्याएर आगो निभाएपछि ताप्लेजुङकाे पाथीभरा मन्दिर तत्कालका लागि सुरक्षित भएको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिए। हेलिकप्टरले जोरपोखरीबाट पानी लगेर मन्दिर परिसरको आगो निभाएको हो । हेलिकप्टरले पाँच पटक पानी खन्याएपछि आगलागीबाट मन्दिरसहित त्यहाँका संरचना बचेकाे र तत्कालका लागि मन्दिरको जोखिम हटेको प्रजिअ चापागाईँले बताए । तर आसपास रहेको जङ्गलको ठूलो क्षेत्रमा आगलागी भइरहेकोले निभाउन कठिन भएको उनले बताए ।