समाज

प्रधानमन्त्रीले भने अब कार्यशैली बदल्छु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब आफ्नो कार्यशैली बदल्ने बताएका छन् ।  आज (मंगलबार) राष्ट्रका नाममा सम्बोधन गर्दै उनले बाहिरका कार्यक्रममा नभइ नीति कार्यक्रम र बजेटको तयारी तथा नीतिगत काममा केन्द्रित हुने बताए । सरकारले एक वर्षमा हासिल गरेको उपलब्धीको विवरण सुनाउँदै प्रचण्डले यो अवधिमा धेरै काम भएपनि आफू पूर्ण सन्तुष्ट नरहेको बताए । उनले भने— ‘म स्वीकार गर्छु सरकार असफल त भए तर मेरो हुटहुटी अनुसारको परिणाम पनि

रूसी सेनामा कार्यरत एक नेपालीको मृत्यु

रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ। रूसी सेनामा कार्यरत थप एक नेपाली कुन्दन सिंह नागलको मृत्यु भएको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। ‘मन्त्रालयले नेपालका लागि रूसका राजदूतमार्फत् रूसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते लगायतका पीडित परिवारहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन पुन:अनुरोध गरिएको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। यस्तै, युक्रेनमा बन्दी भएका चार जना नेपाली नागरिकहरूलाई रिहाइ गर्न मन्त्रालयले

गाडी दुर्घटना हुँदा पनौतीमा १० जना घाइते

बनेपा । विपी राजमार्ग अन्तर्गत काभ्रेको पनौतीमा गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सर्लाहीबाट काठमाडौं तर्फ आउँदै गरेको बाग्मती प्रदेश ०४–००१ज ००११ नम्बरको इलेक्टिक गाडी आइतबार साँझ पनौती नगरपालिका–५ सुन्दरबस्तीमा अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । गाडी सडकबाट अन्दाजी ४० मिटर तल खसेर दुर्घटना भएको हो । उक्त दुर्घटनामा गाडी चालक सिन्धुलीको कमलामाई नगरपालिका २ बस्ने वर्ष ३६ का चन्द्रबहादुर भट्टराई, सिन्धुपाल्चोकको

प्रहरी नायव निरीक्षक आफ्नै घरमा मृत भेटिए

काठमाडौं । प्रहरी नायब निरीक्षक (सई) मृत फेला परेका छन् । आइतबार बिहान ७ बजे भक्तपुरको सिपाडोल टौखेलस्थित आफ्नै घरमा सई बालकृष्ण उपाध्याय मृत फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । उक्त कार्यालयका प्रहरी निरीक्षक किशोर ढुंगानाका अनुसार ४४ वर्षीय घिमिरे आफ्नो कोठाभित्र मृत फेला परेका हुन् । उनी नेपाल प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्सालमा कार्यरत थिए ।

गाजामा संयुक्त राष्ट्रसंघका १३६ कर्मचारी मारिए

इजरायल र हमासबीच जारी द्वन्द्वमा पछिल्लो ७५ दिनमा संयुक्त राष्ट्रसंघका १३६ जना कर्मचारीको ज्यान गएको छ । साथै थुप्रै कर्मचारीहरूले काम छोड्न वाध्य भएको पनि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बताका छन् । गुटेरेसले विश्व संगठनको लामो इतिहासमा यसका कर्मचारीको यति ठूलो हताहतको संख्या अहिलेसम्म कहिल्यै नभएको बताएका हुन् । गाजामा हाम्रा १३६ जना सहकर्मीहरू ७५ दिनमा मारिएका छन् ( जुन हामीले संयुक्त राष्ट्रसंघको इतिहासमा कहिल्यै देखेका थिएनौं । हाम्रा अधिकांश

नारायणगढ-मुग्लिन सडकखण्ड ४ घण्टा बन्द हुने

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने भएको छ । हिजो (शनिबार) देखि बन्द भएको उक्त सडकखण्ड आज (आइतबार) पनि बन्द हुने भएको हो । पुल निर्माणको कार्य जारी रहेकोले उक्त सडकखण्ड अवरोध हुने भएको छ । हिजोदेखि बन्द सो सडकखण्ड आज दिउँसो १२ बजेदेखि दिउँसो ४ बनेसम्म यातायाता सञ्चालन सेवा बन्द हुने बताइएको छ ।

परिणाममुखी काम गर्न मन्त्रीहरु फेर्न तयार छु: प्रधानमन्त्री

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिणाम नआए मन्त्रीहरु हेरफेर गर्ने बताएका छन् । उनले मन्त्रीहरु फेरेर भएपनि जनतालाई सेवा दिने गरि परिणाम निकाल्ने बताएका हुन् । शुक्रबार मोरङको मिक्लाजुङ–५ मा नेकपा माओवादी केन्द्रको तीन महिने ‘विशेष रुमापन्तरण अभियान’ अन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले काम नगर्ने मन्त्रीहरुलाई फेर्ने बताएका हुन् । उनले आफ्नो कार्यकाल एकवर्ष पुगेको बताउँदै पुस १० गते विशेष सम्बोधन गर्नेसमेत जानकारी दिए । उनले ‘त्यसपछि

टिपर दुर्घटना हुँदा पाल्पामा एकको मृत्यु, दुई जना घाइते

पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा बिहीबार बेलुकी रा १ ख २४०४ नम्बरको टिपर दुर्घटना भएको हो । दुर्घटनामा परी रिब्दीकोट गाउँपालिका–३ का ३० वर्षीय विष्णु ढकालको मृत्यु भएको छ भने दाङको घोराही उपमहानगरपालिका–१२ का ३२ वर्षीय यमराज पुन र रोल्पाको त्रिवेणी गाउँपालिका–५ का हिमाल घर्ती गम्भीर घाइते भएका छन् । उनीहरूको युनाइटेड मिसन अस्पताल

बाँके प्रहरीले गर्यो डिउटीमै ज्यान गुमाएका ओलीको परिवारलाई आर्थिक सहयोग

बाँके: स्वर्गीय प्रहरी जवान विशाल ओलीको परिवारलाई बाँकेमा कार्यरत प्रहरीहरुले आर्थिक सहयोग गरेका छन् । मंसिर २८ गते राती कोहलपुर मदन चोकमा पिकअप भ्यानको ठक्करबाट ओलीको निधन भएको थियो । मदन चोक प्रहरी विटमा डिउटीमा खटिएका ओलिलाई पुर्व पश्चिमराजमार्ग सडक खण्डको मदन चोकमा सवारी साधनले ठक्कर दिई प्रहरी जवान ओलीको निधन भएको थियो । जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुले दुई लाख सन्ताउन्न हजार नौ सय

कुन्दन सहित रुसी सेनामा कार्यरत ७ नेपालीको मृत्यु

काठमाडौं । रुसी सेनामा कार्यरत ७ जना नेपालीको मृत्यु भएको छ ।बुधबार परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार रुस र युक्रेन युद्धमा परी ७ जनाको मृत्यु भएको हो । रुसी सेनामा कार्यरत कुन्दन सिंह नागल (राहदानी नं. ०९४७३६३२) को मृत्यु भएको उक्त मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।यसअघि रुसी सेनामा कार्यरत ६ जना नेपालीको ज्यान गइसकेको छ । रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा