तस्कर र प्रहरीबीच झडप हुँदा तीन प्रहरी र एक बालक घाइते
काठमाडौं । बाराको सुवर्णपुर गाउँपालिकाको कवहीगोठमा भारतबाट प्याज तस्करी गरेर ल्याउँदै गरेका तस्कर र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा तीन प्रहरी र एक बालकसहित चारजना घाइते भएका छन् । गोली लागेर स्थानीय १४ वर्षीय रञ्जन यादव सख्त घाइते भएका छन् । प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहका अनुसार प्रहरीले आत्मसुरक्षाका लागि अन्तिम अवस्थामा १२ राउन्ड फायर गरेको हो । सो क्षेत्रबाट स्थानीयले गएराति भारतबाट मोटरसाइकलमा प्याज