समाज

पुर्व गृह मन्त्री शर्मालाई कोरोना पुष्टि

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटि सदस्य जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ। उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत् कारोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जनाएका हुन्। शर्माले केही दिनयता आफूसँग सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क रहन आग्रह गरेका छन्।

आजको मौसम : केही स्थानमा सामान्य बदली, कहीँ वर्षा

काठमाडौं १५, असोज । बिहीबार देशका केही स्थानमा सामान्य बदली हुने र केही स्थानमा पानी पर्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली हुने र बाँकीका प्रदेशमा आंशिक बदली हुने माहाशाखाले जनाएको छ। यस्तै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का केही स्थानहरुमा हल्का वर्षा हुने संभावना

उत्तर प्रदेशमा फेरि अर्की दलित युवतीको सामूहिक बलात्कारपछि हत्या

काठमाडौं १५, असोज । भारतको उत्तर प्रदेशमा लगातार सामूहिक बलात्कारपछि हत्याका घटना भइरहेका छन् । हाथरसमा सामूहिक बलात्कारको घटनाले पूरै भारतभर प्रदर्शन भइरहेको छ । मानिसहरु आक्रोशित छन् । हाथरसको घटना सेलाउन नपाउँदै उत्तर प्रदेशकै बलरामपुरमा एक दलित युवतीको सामूहिक बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ । युवतीका परिवारका सदस्यले बलरामपुर प्रहरी चौकीमा सामूहिक बलात्कारपछि हत्या भएको उजुरी दिएका छन् । प्रहरीले ट्वीट मार्फत सामूहिक बलात्कारपछि हत्या भएको उजुरी

नवलपरासीमा पहिरोले पुरिएर एकको मृत्यु ६ जना घाइते

कावासोती।                                                            नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्नेमा पहिरोले बस भिरबाट खसाल्दा एकको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिक सडकमाथिबाट खसेको पहिरोको कारण बस भिरबाट खस्दा बसमा सवार रुकुमपश्चिम आठबीसकोट गाउँपालिका–१०

लगातारको झरीले यी क्षेत्रमा बढ्यो बाढी तथा पहिरोको जोखिम

काठमाडौं ८, असोज । लगातारको झरीका कारण देशका विभिन्न नदीमा पानीको बहाव खतराको तह भन्दा माथि गएको छ ।बाढी पूर्वानुमान महाशाखाका अनुसार तिनाउ नदीमा पानीको बहाव खतराको तह भन्दा माथि र नारायणी नदीमा पानीको सतह सतर्कता तह भन्दा माथि पुगेको छ । बुटवलको तिनाउ नदीमा बाढी आएकाले नदीको तटीय क्षेत्र र आसपासका क्षेत्र डुबानमा पर्न सक्ने महाशाखाले जनाएको छ । दिउँसोसम्म सो क्षेत्रका होचो स्थानका बासिन्दाले उच्च सतर्कता अपनाउनु पर्ने

देशभर झरी, विभिन्न स्थानमा भारी वर्षाः दिनभर कता कस्तो हुनेछ अवस्था?

काठमाडौं ८, असोज । देशका अधिकांश स्थानमा पूर्णतया बदली भइ झरी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।रातभरि पानी परेकोमा अहिले पनि देशका अधिकांश स्थानमा वर्षा जारी छ । भारतको मध्य प्रदेशको पूर्वी भू–भागमा रहेको न्यून चापीय क्षेत्र नेपाल तर्फ उत्तर–पुर्व सर्दैछ । सोही कारण देशभरको मौसम बदली भई वर्षा भएको मौसमविदले बताएका छन् । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

देशका अधिकांश स्थानमा बिहानैदेखि बदली र वर्षा

काठमाडौं २ असोज । देशभर शुक्रबारको मौसममा सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश नम्बर ५ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । यस्तै शुक्रबार राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन

बाँकेमा आज ६० जना डिस्चार्ज

नेपालगन्ज २, असोज । बाँकेमा शुक्रबार कोरोना भाइरस संक्रमणबाट मुक्त भएर ६० जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा बालबालिकादेखि प्रहरीसम्म छन् । बाँकेमा डिस्चार्ज हुनेको संख्या एक हजार एक सय ९२ पुगेको छ । प्रतिशतका हिसावले हेर्ने हो भने निको हुने दर बाँकेमा ७७.१० रहेको छ । अव आइसोलेसनमा ३ सय ४५ जना बसिरहेका छन् । जिल्लामा संक्रमितको संख्या अहिलेसम्म १ हजार ५ सय ४६ छ । भाइरस संक्रमणबाट

बन्दाबन्दीमा पनि मानव बेचविखनका उजुरी

नेपालगन्ज १, असोज । लकडाउन तथा सीमानाका बन्द भएकै बेला बाँकेमा मानव बेचविखन तथा ओसारपपोसार बढेको देखिएको छ । लकडाउनको अवधिमा मात्रै १७ युवतीका परिवारले खोजतलासका लागि यहाँ स्थित माइती नेपालमा निवेदन दिएका छन् । सवारीसाधन नचलेको र एकबाट अर्को जिल्लामा आउजाउ सहज नहुँदा पनि किशोरी तथा युवतीहरूलाई राम्रो काम लगाइदिने बहानामा लैजाने गरिएको भेटिएको माइती नेपालका बाँके संयोजक केशव कोइराला बताउँदै आएका छन् । विगतमा जसरी भारत तथा तेस्रो

सिन्धुपाल्चोक केन्द्रविन्दु भई बुधबार बिहानै ६ म्याग्निच्यूडको भूकम्प

काठमाडौं ३१ भदौ । सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भई बुधबार बिहानै गएको भूकम्पको धक्का २०७२ सालकै भूकम्पको परकम्प भएको भूकम्पविद्ले जानकारी दिएका छन्। बिहान पाँच बजेर १९ मिनेटमा सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भई ६ म्याग्निच्यूडको भूकम्प गएको हो। भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बुधबार बिहान गएको भूकम्प २०७२ सालकै भूकम्पको परकम्प भएको जानकारी दिए। २०७२ साल वैशाख १२ गते गएको ७।८ म्याग्निच्यूडको शक्तिशाली भूकम्पपछि पाँच वर्षदेखि नै परकम्पहरु आइरहेका छन्। बुधबार