समाज

आजको मौसम कर्णालीबाहेक प्रदेशका केही ठाउँमा भारी वर्षा

काठमाडौं २९, भदौ । देशभरको मौसम सामान्य बदली रही प्रदेश १, २, गण्डकी र प्रदेश ५ का केही स्थानहरू र अन्य प्रदेशका थोरै स्थानमा अहिले वर्षा भइरहेको छ। आज दिउँसो देशभर मौसममा सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। प्रदेश १, २, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्‍चिम प्रदेशका एकरदुई स्थानहरूमा भारी वर्षाको अनुमान गरिएको छ। त्यस्तै आगामी २४

राष्ट्रिय बाल दिवस मनाईँदै, बालअधिकार संरक्षण उच्च प्राथमिकतामा रहेको मन्त्रीको भनाई

काठमाडौं २९, भदौ । विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय बाल दिवस भर्चुअलरूपमा सोमबार मनाइँदै छ । दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मूल आयोजक समितिका तर्फबाट सातै प्रदेशका मुख्यमन्त्री र अन्य सरोकार पक्षसँग दिवस मनाउने तयारी गरेको छ । नेपालले संयुक्त राष्ट्रसङ्घको बाल अधिकारसम्बन्धी महासधि १९८९ अनुमोदन गरेको दिनका अवसरमा हरेक वर्ष भदौ २९ मा दिवस मनाउन थालिएको हो ।

रेडपाण्डको छाला सहित पाँच जना बाँके प्रहरीको फन्दामा

नेपालगन्ज २८, भदौ । दुर्लभ रेडपाण्डाको छाला सहित ५ जनालाई बाँके प्रहरीले प्रकाउ गरेको छ । बैजानाथ गाउँपालिका वडा नम्बर १ मा रहेको डेलियाल रेष्टुरेण्टमा रेडपाण्डा खरिद विक्रि गर्न लागेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नग्रा, दात सहितरेडपाण्डाको छाला फेला पारी बरामद गरि नियन्त्रणमा लिएको हो । प्रकाउ पर्नेमा जाजरकोट कुसे गाउँपालिका वडा नम्बर ६ का ३२ वर्षिय कृष्ण वलि, वडा नम्बर ९ बस्ने २८ वर्षिय इन्द्र बहादुर

चट्याङ लागेर बागलुङमा एकको मृत्यु

बागलुङ । चट्याङ लागेर बागलुङको ताराखोलामा गएराति एक युवाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ लाग्दा ताराखोला गाउँपालिका–३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो । मोवाइल चार्जमा राख्नेक्रममा आफ्नै घरमा परेको चट्याङले उनलाई लागेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टाउकोमा गहिरो चोट लोका बस्नेतलाई गलकोट हटियास्थित प्राथमिक स्वास्थ्यकेन्द्रले गएराति नै मृत घोषणा गरेको प्रहरी चौकी ताराखोलाका प्रमुख, प्रनानी युवराज सलामिले बताए । युवाको शवलाई पोष्टमार्टमपछि

दुई शिक्षकसहित तीनजनामाथि लाग्यो छात्रा बलात्कारको आरोप

बैतडी २३, भदौ । बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ।जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो। पीडित किशोरी बलात्कर भएपछि अर्कैसँग भागेर बिहे गरेको र ६ महिनामै छोरी जन्मिएपछि बलात्कार गरेको कुरा बाहिर दाबी गरिएको छ ।सिगासको एक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने १७ वर्षीया ती छात्रालाई सोही विद्यालयमा पढाउने दुई शिक्षक अर्का

सिन्धुपाल्चोकका बाढीपीडितलाई रुकुम पश्चिमको सहयोग

रुकुम पश्चिम । रुकुम पश्चिमका संघीय सांसद तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकरले सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदिका पहिरो पीडितलाई एक लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् । उक्त रकम रुकुम पश्चिम जिल्लाका स्थानीय पालिका प्रमुखहरु, जिल्ला समन्वय प्रमुख, प्रदेश र संघीय सांसदका जनप्रतिनिधिहरुको तर्फबाट सहयोग प्राप्त भएको हो । सो रकम बुधबार बिहान नेकपाका नेता समेत रहेका शर्माले सभामुख अग्नि साप्कोटालाई हस्तान्तरण गरेका हुन् । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा साउन अन्तिममा गएको

राहत बोकेर गृहमन्त्रीसहितको टोली बाढी प्रभावित क्षेत्रतर्फ प्रस्थान

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका ९ भुसुन्डे, दुनेपोखरा, लाकुरीबोटमा बाढी/पहिरो पीडितका लागि राहत बोकेर गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ । गृहमन्त्रीसँगै सासंद देवेन्द्र पौडेल पनि बाढी प्रभावित क्षेत्र गएका छन् । गृहमन्त्री थापा नेपाली सेनाको हेलिकप्टरमा सामग्री बोकेर गएको उनका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए । एराति गएको पहिरो जाँदा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । हालसम्म पहिरोमा १३ जना बेपत्ता भएको खुलेको छ

ढोरपाटन बाढी अपडेट : मृतकको संख्या ७ पुग्यो, १३ जना बेपत्ता

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका ९ भुसुन्डे, दुनेपोखरा, लाकुरीबोटमा गएराति गएको पहिरो जाँदा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा पहिरोमा १३ जना बेपत्ता भएको खुलेको छ । मृतकमध्ये एकजनाको मात्र परिचय खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बेपत्ता हुनेहरुमा ढोरपाटन नगरपालिका ९ की ३५ वर्षीया कौशला पुन, उनकै ६ वर्षीय छोरा हिक्मत पुन, सोही वडाका ३५ वर्षीय जितबहादुर घर्ती, ४० वर्षीय राजु घर्ती, ३० वर्षीया

माइतीघरमा ढुंगाले लागेर आमाको मृत्यु, छोरी गम्भीर घाइते

पाल्पा । तिनाउ गाउँपालिका–३ श्रीडाँडामा ढुंगाले लागेर एकजना महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन्। मृत्यु हुनेमा माथागढी गाउँपालिका–७ रहवासकी २९ वर्षीया समीक्षा चौहान रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिए । ढुंगाले लागेर उनकी तीन वर्षीया छोरी करिस्मा चौहान घाइते भएकी छन्। गम्भीर घाइते करिस्माको सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ । तीज मनाउन श्रीडाँडास्थित माइतीघर आएकी उनी निषेधाज्ञाका कारण घर

आजबाट सोह्र श्राद्ध सुरु

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु हुँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको हो । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ । चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य