समाज

कोरोना प्रभावित नागरिकलाई पैसा बाड्दै दक्षिण कोरिया

काठमाडौं  । दक्षिण कोरियाले कोरोना महामारीमा प्रभावित आफ्ना नागरिकलाई पैसा बाँड्ने भएको छ। कोरोना महामारी सुरु भएयता दक्षिण कोरियाको सरकारले दोस्रो पटक पैसा बाँड्न लागेको हो। एक टेलिभिजन अन्तरवार्तामा बोल्दै अर्थ मन्त्री हङ्ग नेम कीले आवश्यक परेका नागरिकलाई पैसा वितरण गरिने जानकारी दिएका बीबीसीले जनाएको छ। कोरोनाका कारण लागू गरिएको नियमले अर्थव्यवस्थामा क्षति पुगिरहेको भन्दै पैसा बाँड्न आवश्यक भएको उनको भनाइ छ। सरकारले यसअघि गत मे महिनामा सबै परिवारलाई नगद

पाँच महिनापछि नियमित उडान, विमानस्थलमा यात्रुको व्यवस्थापन सेनाबाटै

काठमाडौं १६, भदौ । पाँच महिना लामो गतिरोधपछि सरकारले आज रातिबाट औपचारिकरुपमा नियमित उडान सुचारु गर्दै छ । मध्यराति १ बजे नेपाल एयरलाइन्सको जहाज जापानको नारिताका लागि उड्ने भने बुधबार नै क्वालालाम्पुरबाट मालिन्दो एयरको जहाजले यात्रुलाई काठमाडौं ल्याउने छ । कोरोनाका कारण सरकारले गत चैत १० गतेबाट सबै हवाई उडानहरु बन्द गरेको थियो । त्यसयता विदेशमा अड्किएका नेपाली र नेपालमा अड्किएका विदेशीहरु ओसार्न चार्टर्ड उडानहरु भए पनि नियमित व्यवसायिक उडान

राष्ट्रियसभा सदस्य बन्न वामदेव तयार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य बन्न तयार भएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार भेटवार्ता गरेर आफू राष्ट्रियसभा सदस्य बन्न तयार रहेको जानकारी पनि दिएका थिए । “चार–पाँचदिनअघि प्रधानमन्त्री ओलीजीले डोल्पाबाट चुनाव लड्नुपर्‍यो भन्नुभएको थियो । त्यतिबेला मैले विचार गरौँला भनेर जवाफ दिएको थिएँ । यसबीचमा मैले धेरै विचार गरेँ,” गौतमले भने, “आज मैले उहाँलाई प्रतिनिधिसभाको निर्वाचनमा जाँदिन भनेर भनेको छु

भारतले निहु खाेजे ठुलो क्षति गरिदिने चीनको धम्की 

काठमाण्डाैं । भारतले सैन्य मुठभेड चाहेमा ठुलो क्षति पुर्याइदिने भन्दै चीनले चेतावनी दिएको छ । उसले आफूसँग भुभाग रक्षाका लागि पर्याप्त शक्ति भएको भन्दै सन् १९६२ मा भन्दा ठुलो सैन्य क्षति पुर्याइदिने चेतावनी दिएको हो । आज चिनियाँ विदेश मामलाको धारणा सार्वजनिक गर्ने पत्रिका ग्लोबल टाइम्समा सम्पादकीयमार्फत् चीनले भारतलाई चेतावनी दिएको हो । सम्पादकीयमा भनिएको छ, ‘यदि भारतले सैन्य मुठभेड चाहेमा चिनियाँ जनमुक्ति सेना भारतको सेनालाई सन् १९६२ मा भन्दा बढी

नेपाली कांग्रेस १४औं केन्द्रीय महाधिवेशन सार्ने तयारीमा

काठमाण्डाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी ७ देखि १० फागुनका लागि तोकिएको पार्टीको १४औं केन्द्रीय महाधिवेशन सार्ने तयारी गरेको छ । यसअघि दुईपटक केन्द्रीय महाधिवेशनको मिति यथावत् राख्दै तल्ला तहका अधिवेशनको मिति परिवर्तन गरेको कांग्रेसले सुरु कार्यतालिका नै प्रभावित भएपछि महाधिवेशनको पूर्वनिर्धारित मिति नै सार्ने तयारी गरेको हो । ‘कोरोनाकै कारण पूर्वनिर्धारित कार्यतालिका प्रभावित भइसकेको अवस्था छ त्यसकारण महाधिवेशन पनि सर्ने अवस्था आयो । यही समयमै हुन्छ भन्ने

आजबाट १४ असोजसम्म अन्तर्राष्ट्रिय नियमित व्यावसायिक उडान सुरु

काठमाडौं  । लामो समयको प्रतीक्षा एवं चौतर्फी दबाबपछि बल्ल आजदेखि अन्तर्राष्ट्रिय नियमित व्यावसायिक उडान सुरु हुने भएको छ । आन्तरिकतर्फका उडानलाई भने आगामी भदौ मसान्तसम्म रोक्ने निर्णय गरेको सरकारले अन्तर्राष्ट्रिय नियमित व्यावसायिक उडानसँगै चार्टर उद्धार उडानलाई पनि निरन्तरता दिनेछ । सरकारले विभिन्न ८ देशमाथि गत चैतदेखि लगाएको अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध खुला गर्दै नियमित व्यावसायिक उडान तालिका तय गरेको हो । नयाँ उडान तालिकाअनुसार मंगलबारदेखि आगामी १४ असोजसम्ममा ६० वटा

ती शिक्षक, न आफु बाँचे न त बच्चा बाँच्यो

नेपालगन्ज १४, भदौ । सर्पले टोकेको बच्चालाई उपचार गराउन नेपालगञ्जतिर आउदै गर्दा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बाँकेको शमशेरगञ्जमा रहेको शसस्त्र प्रहरी क्याम्पस अगाडि इन्ट्री गर्न उभिएको ना ४ ख २१३९ नम्बरको ट्रकमा भे ८ प २२३८ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक चेवन देवकोटा र त्यसमा सवार ३ वर्षका लिलाधर खड्काको मृत्यु भएको हो । सर्पले टोकेको बालकलाई मोटरसाइकलमा राखेर ल्याउदै विहान रोकेको ट्रकमा मोटरसाइकल ठोक्किएको

भद्रकालीमा ड्यूटीमा खटिएका सेनाका सिपाहीद्वारा आफैलाई गोली हानेर आत्महत्या

काठमाडौ १४, भदौ सैनिक मुख्यालय भद्रकालीमा रहेको नेपाली सेनाको पेट्रोल पम्पमा ड्यूटीमा खटिएका नेपाली सेनाका सिपाहीले आफैलाई गोली हानी आत्महत्या गरेका छन्। पेट्रोल पम्पको ड्यूटीमा रहेका आर्मीका सिपाहीले आइतबार बिहान ३ बजेतिर आफैले टाउकोमा गोली हानी आत्महत्या गरेका हुन्। ती सेनाका सिपाहीको टाउकोमा एउटा गोली लागेको छ। सामान्य अवस्थामा दुईजना ड्यूटीमा हुने भए पनि आइतबार बिहान एक्लै परेका बेला उनले आफैलाई गोली हानेको देखिएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी

निषेधाज्ञामा अनलाइन डेलिभरी गर्ने ६५ जना समातिए

काठमाडौं १२ भदौ । काठमाडौँ उपत्यकामा निषेधाज्ञामा अनलाइन सामान डेलिभरी गर्ने ६५ जना पक्राउ परेका छन्। निषेधाज्ञामा सामान लिएर बाहिर हिँडिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुलाई सामान्य नसिहत दिएर छाड्ने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ। निषेधाज्ञाका क्रममा अनलाइन सामान डेलिभरी अत्यावश्यक सेवाअन्तर्गत नपरेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं १२ भदौ । देशभर शुक्रबार दिउँसोको मौसममा सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी प्रदेश, प्रदेश ५, र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। यस्तै शुक्रबार राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश,