समाज

सहसचिवमा १५ जना उपसचिव बढुवा सिफारिस

काठमाडौं । सरकारले १५ जना उपसचिवहरूलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ ।  सामान्य प्रशासन मन्त्रालय अन्र्तगत बढुवा सिफारिस समितिले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा नेपाल प्रशासन सेवाका उपसचिवहरूलाई राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)मा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेहरूमा खिम बहादुर रायमाझी, कृष्ण बहादुर बस्नेत, सुवास चन्द्र सिवाकोटी, खिम बहादुर कुँवर, जयबहादुर भण्डारी, विष्णु प्रसाद पौडेल, विनोद लामिछाने, रामबाबु पुरी, केशवराज ढकाल,विष्णु प्रसाद ज्ञवाली, नारायण ढकाल, गोपाल

हालसम्म रुसी सेनामा आबद्ध ६ नेपालीको मुत्यु

काठमाडौं । परराष्ट्र मन्त्रालयले रुसी सेनामा आबद्ध ६ जना नेपालीको मुत्यु भएको पुष्टि गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार मृत्यु हुनेमा स्याङ्जा पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, मेलुङ गाँउपालिका–६, दोलखाका राजकुमार कार्की, बाणगंगा–१, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई र गोरखाका सन्दीप थपलिया रहेका छन् । परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै रुस–युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव पठाउन रुस सरकारसँग अनुरोध गरेको जनाएको छ ।

परिवारलाई घरभित्र थुनेर घरमा लगाइयो आगो

धनकुटा: धनकुटाको पाख्रीवास नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र गुरागाइको घरमा आगजनी भएको छ । डाँडाखर्कस्थित वडाध्यक्ष गुरागाईको घरमा परिवारका सदस्यलाई भित्रै थुनेर गएराति आगो लगाइएको हो । राती घरभित्र सुतिरहेका बेला बाहिरबाट ताला लगाएर घरमा कसैले आगो लगाइदिएको वडाध्यक्ष गुरागाईँले जानकारी दिए । ‘हामी तलामाथि सुतेका थियौं, बरण्डाबाट हिड्ने बाटो छ, त्यहाँको ढोकामा तलबाट चावी लगाइदिएर तल्लो तलाबाट आगो सल्काएको रहेछ,’ वडाध्यक्ष गुरागाईले भने, ‘राती धुवा आएको थाहा पाएर निस्किन खोज्दा

आफैँले बोकेको बन्दुक पड्किँदा दोलखामा एक युवकको मृत्यु

दोलखा : दोलखामा सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तामाकोशी गाउँपालिका-२, डाँडावारी झुलेका २० वर्षीय संजिव सार्की रहेको प्रहरीले जनाएको छ । ७ जना साथीसँग सिकार खेल्न जम्बोटे जंगलमा गएका संजिवले आफैँले चलाएको भरूवा भाँचिएर छातीमा छर्रा लागेर घाइते भएका थिए। सार्कीको आइतबार बिहान उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले सार्कीसँगै सिकार खेल्न गएका अन्य ६ जनालाई नियन्त्रणमा

सोती घटनाको निरन्तर सुनुवाइ आजदेखि जिल्ला अदालतमा हुंदै

काठमाडौँ । रुकुम पश्चिमको सोती गाउँमा ६ जनाको हत्या भएको घटनामा आइतबारदेखि निरन्तर सुनुवाइ सुरु भएको छ । जिल्ला अदालतमा सुनुवाइ सुरु भएको रुकुम पश्चिम जिल्ला अदालतका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाले बताए । फैसला केन्द्रित सुनुवाइको पहिलो दिन सरकारी वकिलले बहस सुरु गरेका छन् । न्यायाधीश खड्क बहादुर के.सी. को इजलासमा जाहेरवालाको तर्फबाट सरकारी वकिलले बहस थालेका हुन् । प्रतिवादीका तर्फबाट बहसका लागी ९ जना कानुन व्यवसायी अदालतमा पुगेका

गाजामा फेरी युद्ध सुरु, १ सय ७८ प्यालेस्टिनीको मृत्यु

गाजा । सात दिनको युद्धविरामपछि इजरायल र हमासबिच फेरि युद्ध सुरु भएको छ । इजरायल र हमास दुवैले एकअर्काका कारण युद्धविराम लम्ब्याउन नसकिएको आरोप लगाएका छन् । यसैबिच हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले गाजामा पुनः बमबारी सुरु गरेपछि अहिलेसम्म १७८ प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ । उता इजरायलले पनि २ सयवटा ‘आतंकवादी लक्ष्य’ मा आक्रमण गरेको बताएको छ। युद्धविराम लम्ब्याउने वार्तासँग सम्बन्धित एक स्रोतले बीबीसीलाई बताए अनुसार कतारमा इजरायल र हमासबीच युद्धविराम लम्ब्याउने

घट्यो पेट्रोलियम पदार्थको मुल्य,शुक्रबारबाट लागु हुने

काठमाण्डौं : सरकारले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ। शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य घटाएको हो।  बिहीबार निगमले विज्ञप्ति जारी गरी पेट्रोलमा लिटरको दुई रूपैयाँ डिजेल तथा मट्टीतेलमा चार रूपैयाँ घटाएको जानकारी दिएको हो। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मुल्य तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ १२ पैसा र डिजेलमा चार रूपैयाँ ०९ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको

२०८४ अघि नै मध्यावधि निर्वाचन हुन सक्छः सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २०८४ अगाडि नै मध्यावधि चुनाव हुन सक्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएको छ । महोत्तरीको जलेश्वरमा सम्पन्न केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सभापति रवि लामिछानेले २०८४ अघि नै मध्यावधि चुनाव हुन सक्ने भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई स्ट्याण्डवाइ रहन निर्देशन दिएका हुन् । उनले भनेका छन्, ‘सरकारको नेतृत्वकर्ता दल नै ०८४ को चुनावमा लागेको छ । सत्तासाझेदार दलका शीर्ष नेताहरु सरकारको

देश तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूलाई सकाएर बन्छ :मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मिसन ८४ ले देश नबन्ने भन्दै दलहरुप्रति ब्यंग्य हानेका छन् । आगामी २०८४ सालमा हुने आमनिर्वाचनलाई लक्षित गर्दै ‘मिसन–८४’ अभियान चलाइरहेका राजनीतिक दलहरुलाई लक्षित गर्दै उनले कवितात्मक शैलीमा मिसन ८४ ले देश नबन्ने र नेताहरूलाई सकाएर मात्र देश बन्ने बताएका हुन् । र्यापरसमेत रहेका उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ । तिमीहरूलाई सकाएर बन्छ ।’

सुरुङमा फसेका कामदारको १७ दिनपछि उद्धार

भारत । भारतको उत्तराखण्डमा निर्माणाधिन सुरुङमा फसेका ४१ कामदारको १७ दिनपछि सकुशल उद्धार भएको छ । उत्तरकाशीमा भत्किएको सिल्कियारा सुरुङमा १७ दिनदेखि फसेका ४१ कामदारलाई मंगलबार सकुशल उद्धार गरिएको हो । उनीहरुलाई उद्धार पश्चात अस्पताल भर्ना गरी स्वास्थ्य जाँचसमेत गरिएको छ । दुई हप्ताभन्दा बढीको लगातारको प्रयासपछि उनीहरूलाई बाहिर निकालिएको हो । सुरुङ बनाउने विशेषज्ञहरूले कामदारको उद्धारका लागि सोमबारदेखि म्यानुअल ड्रिलिङ सुरु गरेका थिए । म्यानुअल तेर्सो ड्रिलिङ गरेर उद्धारका