समाज

कुटपिटबाट कैलालीमा २६ वर्षीय युवकको मृत्यु, ७ जना पक्राउ

काठमाडौं । कैलालीमा एक युवकमाथि कुटपिट गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । घोडाघोडी नगरपालिका–२ बस्ने २६ वर्षीय मोहन अधिकारीको कुटपिटबाट मृत्यु भएपछि लम्कीचुहा नगरपालिका–९ घोराघाट बस्ने २३ वर्षीय विवेक भुलसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्ने अन्यमा लम्कीचुहाकै विशाल भुल, गणेश भुल, सन्तोष परियार, पिन्टु चौधरी, दिलबहादुर चौधरी र पुरन सार्की रहेका छन् । लम्कीचुहा नगरपालिका–९ घोराघाटस्थित आफन्तको विवाहमा आएका मोहनलाई विवेक लगायतका व्यक्तिहरूले मंगलबार

प्रहरीले दुर्गा प्रसाईंलाई पेप्सिकोलाबाट फिर्ता पठायो

काठमाडौँ । गौशालामा हुन लागेको प्रदर्शनमा आउन लागेका दुर्गा प्रसाईंलाई प्रहरीले फिर्ता पठाएको छ । पेप्सिकोला चोकमा रोकेर उनलाई ठिमी स्थित घरमा फिर्ता पठाइएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए ।  गौशालामा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले आजपनि प्रदर्शनको आयोजना गरेको छ ।  सोमबार गौशालामा झडप भएपछि प्रहरीले सुनसरी घर भएका धर्मगुरु श्रीनिवास आचार्य सहित १५ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा

टिकटक स्टार आयुष–एलिजेको जोडी राहत  सहित पुगे जाजरकोट

दिपेशजंग शाह, जाजरकोट : चर्चित नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर एलिजेह जमाली (एलिजे)को जोडी राहत सामाग्री सहित भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन ।  दुबईबाट गत बिहीबार नेपाल आएका उनीहरू भूकम्प प्रभावित क्षेत्रका प्रभावितलाई सहयोग गर्न करिब २० लाखको राहत सामग्री सहित आज मंगलबार जाजरकोटको कुसे गाउंपालिकाको कार्यालय आइपुगेको गाउँपालिकाका प्रशासकिय अधिकृत लालभक्त शाहीले जानकारी दिए ।  उनीहरूले जाजरकोटको कुसे गाउँपालिका–३ मा रहेका करिब १ सय ६५ घरधुरीलाई

सर्वसाधारणलाई थप्पड हान्दै इन्स्पेक्ट बमले भने–‘चुप बढ्ता नबोल’

काठमाडौँ । सामाजिक सञ्जालमा नेपाल प्रहरीका एक इन्स्पेक्टरले सर्वसाधारणलाई थप्पड हानेको एउटा भिडियो भाइरल छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को प्रदर्शन स्थलमा ती सर्वसाधारणलाई प्रहरी निरीक्षकले थप्पड हान्दै ‘अपशब्द’ बोलेका छन् । मङ्सिर ७ मा बल्खुबाट प्रदर्शन सुरु गरेका प्रसाईंले सोमबार गौशालामा प्रदर्शन गरे । कार्यक्रम स्थलबाट प्रहरीले प्रदर्शनकारीहरूलाई पक्राउ गरिरहेको छ । सबैभन्दा धेरै आन्दोलनकारी मङ्सिर ८ मा तीनकुनेबाट पक्राउ

अध्यक्ष तिमिल्सिनासंगै सातै प्रदेशका सभामुख र उपसभामुख अस्ट्रेलिया जादै

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सातवटै प्रदेशका सभामुख र उपसभामुख वित्तीय तथा प्रशासनिक विनियोजनसम्बन्धी संसदीय अभ्यासहरुको अध्ययन गर्न आज राति अष्ट्रेलिया जाँदै छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को संसद् सहयोग परियोजनाअन्तर्गत भ्रमण हुन लागेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । युएनडिपी नेपाल र सङ्घीय संसद् सचिवालयबीच समझदारी भई सञ्चालित परियोजनाबाट १२ सदस्यीय प्रतिनिधिमण्डलले अष्ट्रेलियाको संसद् र न्यू साउथवेल्स तथा भिक्टोरिया प्रान्तका प्रान्तीय संसद्मा भेटघाट

प्रहरीको तीन जना एसपीको काज सरुवा

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले तीन जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय स्थित महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा कार्यरत एसपी रन्जु सिग्देललाई काठमाडौं उपत्यका प्रहरी शिक्षालय महाराजगञ्जमा सरुवा गरिएको छ । इन्टरपोल शाखामा कार्यरत अनुपमशमशेर जबरालाई सशस्त्र प्रहरी गण नम्बर–१ नक्सालमा सरुवा गरिएको छ । कानुन शाखामा कार्यरत राजेन्द्रप्रसाद धमलालाई सशस्त्र प्रहरी गण नम्बर–२ महाराजगञ्जमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले

ट्यांकरको ठक्करबाट नेपालगञ्जमा युवतीको मृत्यु

नेपालगञ्ज । डिजल बोकेको ट्यांकरको ठक्करबाट नेपालगञ्जमा एक जना युवतीको घटनास्थलमै मृत्यु भएको छ । नेपालगंज पुस्पलाल चोक देखि धम्बोझि तर्फ आउदै गरेको ना.३ ख. ८८५२ नम्बर ट्यांकरले धम्बोझी नजिकै आज आइतबार साँझ ५:४५ बजे भे ११ प ७६५७ नंम्बरको मोटरसाइकललाई ठक्कर दिँदा नेपालगञ्ज-१७ परसपुर बस्ने १७ बर्षीया सालिनी पाठकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बुवा दिलिप कुमार पाठकले चलाएको मोटरसाइकलमा पछाडि बसेकी पाठकको घटनास्थलमै मृत्यु भएको

इन्टरपोलको महासभामा सहभागी हुन आइजीपी कुँवर अष्ट्रिया प्रस्थान

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर आज (आइतबार) बिहान अष्ट्रियातर्फ प्रस्थान गरेका छन्। इन्टरपोलको ९१औँ महासभामा सहभागी हुन उनीलगायतको टोली त्यसतर्फ प्रस्थान गरेका हुन् । उक्त महासभा इन्टरपोल महासचिवालयको आयोजनामा अष्ट्रियाको भियनामा मंसिर १२ देखि १५ गतेसम्म सञ्चालन हुनेछ ।नेशनल सेन्ट्रल ब्युरो नेपालका प्रमुख समेत रहेका कुँवरसँग महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा र प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली समेत गएका छन्। इन्टरपोलको

आन्दोलनलाई सम्बोधन गर्न  सिफल पुगे अभियन्ता प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईं तेस्रो दिनको आन्दोलनलाई सम्बोधन गर्न सिफल पुगेका छन् ।उनी प्रहरीको स्कर्टिङमा आन्दोलन स्थिल सिफल पुगेका हुन् । प्रसाईं नेतृत्वमा बिहिबार (मंसिर ७ गते) काठमाडौंको बल्खुमा विशाल आन्दोलन गरेपछि शुक्रबार भक्तपुरस्थित आफ्नो निवासबाट निस्कन नपाएका प्रसाईं शनिबार भने विरोध कार्यक्रममा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्न सिफल पुगेका हुन् । प्रसाईं नेतृत्वको कार्यकर्ताले तेस्रो दिनको आन्दोलन काठमाडौँको गौशाला नजिक सिफल चौरमा गरिरहेकाछन् । कार्यक्रम स्थलमा

शनिबारको प्रदर्शनमा म पनी सहभागी हुन्छु : दुर्गा प्रसाईं

काठमाडौँ । राष्ट्र, राष्ट्रियता,धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपालका संयोजक दुर्गा प्रसाईंले भोलि पनि काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्ने बताएका छन् । शुक्रवार ठिमीस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै उनले शनिवार तीनकुनेमा प्रदर्शन  हुने र त्यहाँ आफू पनि सहभागी हुने बताए ।  उनले सरकारले आफ्नो सुरक्षाका नाममा आफूलाई घरभित्र थुनेर बेवकुफ बनाउन खोजेको आरोप लगाए । उनले आफू गोली खान वा जेल जान तयार रहेको बताउँदै आफू आन्दोलन छोडेर नभाग्ने