समाज

भूकम्प प्रभावितका लागि भरतपुर महानगरले १ करोड दिने

भरतपुर। भरतपुर महानगरपालिकाले भूकम्प प्रभावितका लागि १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। आइतबार बसेको ८७औं कार्यपालिका बैठकले १ करोड सहयोग गर्ने निर्णय गरेको गरेको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले जानकारी दिए। भूकम्प प्रभावित क्षेत्रमा खोज,उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुनः निर्माणलगायतका कार्यमा सहयोग पुर्‍याउन महानगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने भएको हो। जम्मा हुने सहयोग जनप्रतिनिधिको एक महिनाको तलब, अधिकृतस्तरका कर्मचारीको

जीप दुर्घटना हुंदा डोटीमा चार जनाको मृत्यु

काठमाडौं । डोटीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । घटनामा पाँचजना घाइते भएका छन् । मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका–५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कविद्र बुढा र सोही ठाउँ बस्ने विमला मलालकी आठ महिनाकी छोरी प्रार्थना रहेका छन् ।उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । ग२च २७७६ नम्बरको जीप धनगढीबाट बाजुरातर्फ जाँदै गरेको  आइतबार

जाजरकोट भूकम्प : मृत्यु हुनेका संख्या १५४ पुग्यो, रुकुम पश्चिममा मात्र ६२ जना

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५४ पुगेको छ। अहिलेसम्म प्राप्त तथ्यांकअनुसार जाजरकोटमा ९२ र रुमुकपश्चिममा ६२ जनाको मृत्यु भएको हो। भुकम्पमा परी गम्भिर घाइते भएका रुकुमपश्चिमका तीन जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो। भूकम्पमा परी रुकुमपश्चिको आठबीसकोट नगरपालिकामा मात्र ५२ जनाको मृत्यु भएको नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीले जानकारी दिइन्। उपप्रमुख धनकुमारीका अनुसार उद्धार र क्षतिको

सहसचिव अर्याल र पुडासैनी सचिवमा बढुवा

काठमाडौं । सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गरेको हो । भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वालाले उनीहरुलाई सचिवमा बढुवा गरिएको जानकारी दिए ।

बिहीबार रिगललाई आममाफी दिने निर्णयविरुद्धको फैसला हुदै

काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णयविरुद्धको सुनुवाइ बुधबार सकिएपनि निर्णय आज बिहिवार सुनाउने भएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा बिहिवार निर्णय सुनाउने जानकारी दिएको हो । संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको उक्त सिफासिरसँगै ढकाल

प्रिन्सिपल सर्राफ हत्या प्रकरणमा एक महिलासहित ६ जना पक्राउ

जनकपुरधाम । बाराको कलैयास्थित बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक महिलासहित ६ जनालाई पक्राउ गरेको छ । प्रिन्सिपलको हत्यामा संलग्न रहेको आसंकामा तीन जना नेपाली र तीन जना भारतीय नागरिकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए । पक्राउ पर्नेहरुमध्ये एक जना उनकै विद्यालयमा काम गर्ने पूर्वशिक्षिकासमेत रहेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेकाहरुको नाम भने

स्कुटर दुर्घटनामा श्रीमतिको मृत्यु,श्रीमान घाइते

मकवानपुर । काठमाडौं कुलेखानी हेटौँडा सडकखण्डअन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा काठमाडौँबाट हेटौँडा आउँदै गरेको ०२–०२७–प ४८४२ नं को स्कुटर बुधबार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको र एक पुरुष घाइते भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार स्कुटर चालक काठमाडौँ महानगरपालिका–२७ बस्ने वर्ष ६५ का शशीराज पाण्डे घाइते भएका र उनको उपचार हेटौँडा अस्पतालमा भइरहेको । उनकी पत्नी ६२ वर्षीया राज्यश्री

कुटपिटबाट घाइते भएका सल्यानका युवकको मृत्यु

दाङ । कुटपिटबाट घाइते भएका सल्यानका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । दाङको बागचौर नगरपालिका–७ कोटबाराका २० वर्षीय घनश्याम वलीमाथि बागचौर–८ स्यालाका २५ वर्षीय केशर वली र २३ वर्षीय सन्तोष वलीले कात्तिक ४ गते कुटपिट गरेका थिए । कुटपिटबाट शक्त घाइते घनश्यामको उपचारका क्रममा बुधबार बिहान भारतको लखनउमा मृत्यु भएको खबर आएको जिल्ला प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले बतए । उनका अनुसार कुटपिटमा संलग्नमध्ये सन्तोष पक्राउ परेका छन्

सवारी दुर्घटना हुँदा धादिङमा १७ जना घाइते

धादिङ । धादिङमा बुधवार मात्रै अलग अलग चार स्थानमा सवारी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत गल्छी गाउँपालिका–४ चिरौदी पुल नजिक तीन सवारी साधन एकापसमा ठोक्किएर भएको दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक(डिएसपी) सन्तुलालप्रसाद जैसवारका अनुसार धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको बा३ख ८३९५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा६०प ४८६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काठमाडौँतर्फ नै जाँदै

जनकपुरबाट पेस्तोलसहित एक किशोरी पक्राउ

जनकपुरधाम । जनकपुरबाट पेस्तोलसहित एक किशोरी पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला लख्खी शेराई ग्रामपञ्चायत बडीपोखरी वडा नं.९ बस्ने पप्पु सहनीकी छोरी अन्दाजी १६ वर्षीया पूजा कुमारी सहनी रहेको प्रहरीले जनाएको छ । जनकपुरधामको रेल्वे स्टेसननजिक हनुमान मन्दिरबाट मंगलबार साँझ करिब ८ बजेतिर उनलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । रेल्वे सुरक्षा बेस जनकपुरबाट खटिएको सशस्त्र प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा उनको साथबाट एक