समाज

जंगली च्याउ खाँदा धनकुटामा दुई जनाको मृत्यु

काठमाडौं । धनकुटामा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सहिदभूमि गाउँपालिका-३ घर भइ धनकुटा नगरपालिका–७ चुली वनमा बस्दै आएका २८ वर्षीया मुना राई र उनका ७ वर्षका छोरा सचिन रहेका छन् । प्रहरीका अनुसार गत सोमबार जंगलबाट च्याउ ल्याएर खाएका आमा छोरा अत्यधिक बान्ता र झाडापखालाबाट गम्भीर बिरामी परेका थिए । उपचारका लागि धनकुटा जिल्ला अस्पतालमा लगिए पनि ठीक नभएपछि थप उपचारका लागि धरानस्थित बीपी

आफ्नोजस्तो नभएको आफ्नो देश

साहित्य एक हुल रहरहरूआज पनि साइत सार्दै थिएसपनाको भूगोलतिर मनहरू अड्याएरआफ्नो देश आफ्नोजस्तो भएन मनमनै गरेको कुरा यता प्रस्टै सुनिन्थ्यो भीडमा तर, सुन्नुपर्नेले सुन्दैनथ्यो । आँखाका डिलमा उभिएका  आशाका दानाहरू एक–एक गरेर खस्दै थिए टिप्दै थिए आफन्तहरू फाँदमा लस्कर हिजोजस्तै थियो आज पनि आफ्नो देशआफ्नोजस्तो भएनभुईंमा असरल्ल आवाजहरू  कानसम्म पुग्नुपर्थ्यो कसैकोतर, पुगेन कसैगरी । हिउँदमा मात्र साइबेरियाबाट चराहरू यता झर्छन् जाडो सकिएपछि फर्कन्छन् आफ्नैमा त्यति पनि छुट छैन हामीलाई  चहराउँदै गरेका बाह्रमासे घाउहरू  आफ्नो देश आफ्नोजस्तो भएन आर्तनाद गर्दै थिए

सोमबारदेखि मेलम्चीको पानी दुई साता बन्द

काठमाडौं । काठमाडौं उपत्यकामा वितरण गरिँदै आएको मेलम्चीको खानेपानी भोलि (सोमबार) देखि बन्द हुने भएको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलास्थित पानीको मुहानमा आवश्यक मर्मत सम्भार गर्नका लागि १ जेठदेखि दुई साताका लागि पानी वितरण बन्द गर्न लागिएको हो । सामान्य बाढी आएका बेला आयोजना सञ्चालनमा नै राख्नेगरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए । गत मंसिर अन्तिम साता मेलम्चीको

एमालेको स्थायी कमिटी शनिबार बस्ने

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । जारी केन्द्रीय कमिटी बैठकका बीचमा बस्ने भनिएको स्थायी कमिटी बैठक भोलिलाई सारिएको हो । आज प्रतिवेदन पेश गर्ने क्रम लम्बिएकाले शनिबार बिहान मात्रै स्थायी कमिटी बैठक बस्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । शुक्रबारको बैठकमा दुईवटा भौगोलिक र दुई वटा गैरभौगोलिक प्रदेश कमिटीले ग्रासरुट अभियानको समीक्षा प्रतिवेदन पेश गर्ने उनले जानकारी दिए । उपमहासचिव ज्ञवालीका अनुसार आज बागमती, गण्डकी,

नागरिक उड्डयन प्राधिकरणले  १ सय बढी  कर्मचारी माग्यो

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारी माग गरेको छ ।प्राधिकरणमा आर्थिक बर्ष २०७९–८० को असार मसान्तसम्म रिक्त हुन आउने विभिन्न पदमहरुमा खुल्ला प्रतियोगितात्मक परिक्षाद्धारा पदपुर्ति गर्न आवदेन माग गरेको हो । प्राधिकरणका अनुसार प्रबन्धक देखी सहायकसम्म गरी १ सय भन्दा बढी पदमा जागिर खुलेको हो  । आजको २१ दिन भित्रमा उल्लेखित पदहरुमा आवेदन दिन सकिने प्राधिकरणले जनाएको छ ।

पूर्व प्रधानमन्त्री खानको पक्राउपछि पाकिस्तान तनाबग्रस्त, ४ जनाको मृत्यु

एजेन्सी । पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि पाकिस्तानमा अराजकता मच्चिएको छ । उनको पक्राउपछि भएको हिंसामा परी पेशावरमा ४ जनाको मृत्यु भएको छ भने ९१ जना घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ । मंगलवार पक्राउ परेका खानलाई ८ दिनको लागि एनएबी हिरासतमा पठाइएको छ ।  यसैगरी, इमरानको गिरफ्तारीपछि शान्ति सुरक्षा कायम गर्ने भन्दै इस्लामाबाद, पञ्जाब र केपीमा सेना परिचालन गरिएको छ भने पीटीआईको विरोधपछि पञ्जाबमा मात्रै झण्डै एक हजार पक्राउ गरिएको

पदोन्नति भएका प्रहरीका २० एसएसपी दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौं । नेपाल सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको वैशाख २४ गतेको निर्णयले प्रशासन र प्राविधिकतर्फ प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा पदोन्नति भएका २१ जनामध्ये २० जना प्रहरी अधिकृतहरू दर्ज्यानीद्वारा सुशोभित भएका छन् ।  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानीद्वारा सुशोभन गरेका हुन् । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रशासनतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरू विश्व अधिकारी, भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम

भारतको केरलामा डुंगा दुर्घटना:२१ जनाको मृत्यु, उद्धार कार्य जारी

काठमाडौं । भारतको केरलामा पर्यटकहरु चढेको डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । मलमपुरम जिल्लाको तानुर इलाकामा थुवलथिरम समुद्री तट नजिक गएराति डुंगा दुर्घटना भएको हो । सो डुंगामा ४० जना सवार थिए । मृत्यु हुनेमा धेरैजसो बालबालिकाहरु छन् । छुट्टीमा घुम्न आएकाहरु दुर्घटनामा परेको र दुर्घटनास्थलबाट २१ वटा शव बाहिर निकालिएको केरला राज्यका एक मन्त्री वी अब्दुराहमानले जानकारी दिएका छन् । दुर्घटनास्थलमा गएरातिदेखि आज बिहानसम्म पनि खोज

आज ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’

काठमाडौं । आज ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो । सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रियरुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो । विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिकरूपमा गोरखापत्रको प्रकाशन सुरु भएको हो । ‘पत्रकारितामा खोज र नवीनता : लोकतान्त्रिक गणतन्त्रको

चार प्रदेशमा एआइजीको अनुगमन,मधेसमा चौधरी, लुम्विनिमा तामाङ

काठमाडौं । तत्काल कारबाही गर्ने अधिकारसहित प्रहरी प्रधान कार्यालयले चार एआइजीलाई विभिन्न प्रदेशको अनुगमनमा खटाएको छ । प्रहरी मिलेमतोमै सीमा नाकाबाट तस्करी भइरहेको सूचनाका आधारमा अनुगमन गरी कारबाही गर्ने अधिकारसहित टोली खटिएको हो । मधेसमा मीरा चौधरी, लुम्बिनीमा टेकबहादुर तामाङ, कोशीमा टेकप्रसाद राई र सुदुरपश्चिममा सुदीप गिरी खटिएका छन् । सो टोलीलाई सीमा नाकाम हुने पुलिसिङको बिशेष अनुगमन गर्ने जिम्मेवारी छ । कतै कमजोरी देखिएमा तत्कालै प्रहरीहरु कारबाहीमा पर्नेछन् । तराईका