समाज

गृहमन्त्रीका पिएसओ सुन तस्करीमा मुछिए

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणका व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) टंक कार्की सुन तस्करी विवादमा मुछिएका छन् । तस्करीको सुन लुकाएको आरोपमा उनले एक व्यक्तिलाई थुनाएर पैसा लिएको आरोप लागेको छ ।   त्यससम्बन्धि उजुरी परेपछि उनीमाथि छानबिन सुरु भएको छ । कार्कीलाई पीएसओको जिम्मेवारीबाट हटाएर हेडक्वार्टर तानिएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले बताए । डिएसपीको नेतृत्वमा उनीमाथि छानबिन थालिएको छ । गत गत

मेयर साहले धनपतिलाई नगर प्रहरी प्रमुखबाट हटाए

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नगर प्रहरी प्रमुखबाट प्रहरी उपरीक्षक (एसपी) धनपति सापकोटालाई हटाएका छन् । मेयर साहले सापकोटालाई हटाएर राजु पाण्डेलाई जिम्मेवारी दिएका छन् । महानगरपालिकामा ५ जना नगर प्रहरी उपरीक्षक (एसपी) मध्ये पाण्डेलाई प्रमुखको जिम्मेवारी प्रदान गरिएको स्रोतले बतायो । मेयर साहले यसअघि नगर प्रहरी प्रमुख रहेका सापकोटालाई प्रशासनतर्फ खटाएका छन् ।दृष्टिन्युज

निर्देशक सुबेदीको नयां भिडियो आउदै

नेपालगंज । पछिल्लो समय नेपालीसंगै थारु रोमान्टिक गीत छायांकनका लागि सबैभन्दा आकर्षक थलो बांकेको गाभर होमस्टे बनेको छ । नेपालगंजबाट २२ किलोमिटर टाढा पक्की र ग्राभल सडकको यात्रा संगै सामान्य खर्च गरेर पुगिने होमस्टेमा धेरै गीत खिचिएको छ । गाभर होमस्टेमा गीत खिच्नेको मात्र संख्या बढेको छैन, आन्तरिक पर्यटकहरुको आकर्षक गन्तव्य पनि बनेको छ । आकर्षक गन्तव्य गाभर होमस्टेमा  मोफसलमा बसेर अब्बल भिडियो निर्देशकको परिचय बनाउन सफल निर्देशक नवराज सुवेदिले

माओवादीको २१ सदस्यीय पदाधिकारीको टुङ्गो लाग्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रले आठौँ महाधिवेशन भएको ८ महिनापछि पदाधिकारी टुङ्गो लगाएको छ । शनिवार सम्पन्न स्थायी समिति बैठकले पदाधिकारी टुङ्गो लगाएको हो । माओवादीले आफूलाई सबैभन्दा समावेशी पार्टीको रूपमा दाबी गर्दै आएको छ । समानुपातिक समावेशी प्रतिनिधित्व सहितको वर्तमान राज्य व्यवस्थाका हिमायती पार्टीको रूपमा स्थापित माओवादीको पदाधिकारी भने असमावेशी बनेको छ । माओवादीले २१ सदस्यीय पदाधिकारी बनाएको छ । तर पदाधिकारीमा एक जना मात्र महिलाले स्थान पाएका छन्

करेन्ट लागेर नेपालगंजमा दुईको मृत्यु

नेपालगञ्ज । नेपालगञ्जमा करेन्ट लागेर आज बाबु र छोराको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय परसुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा बाबु पर्शुरामलाई पनि करेन्ट लागेर गम्भीर घाइते भएपछि उनीहरुको नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको थियो

जलयात्रामा सहरी विकासमन्त्री चौधरी

काठमाडौं । नेपाल र्याफ्टिङ एजेन्सिज (नारा)ले शनिबार थापाथलीदेखि सुन्दरीघाटसम्म जलयात्रा आयोजना गरेको छ । उपत्यकावासीमा नदी सरसफाइबारे जागरण फैल्याउने उद्देश्यसहित नाराले शनिबार जलयात्रा आयोजना गरेको हो । बागमती नदीको पुरानै प्राकृतिक सुन्दरता फर्काउने उद्देश्य राखेर शनिबार बिहान आयोजना गरिएको जलयात्रामा १२ वटा ¥याफ्टिङ र दुईवटा कायक सहभागी थिए । जलयात्र साढे ५ किलोमिटरसम्म गरिएको थियो । जल यात्रामा शहरी विकास मन्त्री मेटमणि चौधरी, वातावरणविद, समाजसेवीलगायत विशिष्ट व्यक्तिहरू सहभागी थिए ।

काठमाडौंको फोहर व्यवस्थान गर्न १० दिन लाग्ने

काठमाडौं । दुई महिनादेखि काठमडौँ उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापनका लागि कम्तीमा १० दिनको लाग्ने भएको छ । पटकपटक सिसडोल र बञ्चरेडाँडाका स्थानीयले विभिन्न माग राखेर फोहर व्यवस्थापनमा अवरोध गरेपछि उपत्यकाको फोहर दुई महिनादेखि व्यवस्थापन हुन सकेको थिएन । सहरका चोक, गल्लीमा लामो समयदेखि फोहर थुप्रिएको छ । साविक बमोजिम फोहर व्यवस्थापनको लागि स्थानीयले अवरोध नगरे र पानी परेर बाटो बन्द नभए आगामी १० दिनमा सबै फोहर व्यवस्थापन हुने कामपाका प्रमुख

बाँके केन्द्रविन्दु भएर ४.८ म्याग्नेच्यूडको भूकम्प

बाँके । बाँके जिल्ला हात्तीसार केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १ बजेर २८ मिनेट जाँदा बाँके जिल्लाको हात्तीसार आसपास केन्द्रबिन्दु भएर ४.८ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का पश्चिम नेपालसहित भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो । मध्यराति भूकम्प गएपछि नागरिक त्रसित भएका थिए । यो गोरखा भूकम्पको परकम्प नभएको सो केन्द्रले जनाएको छ । यसअघि पूर्वी नेपालको पहाडी

बसले अटोलाई ठक्कर दिँदा ३ जनाको मृत्यु

रौतहट । पूर्व पश्चिम राजमार्गको पूर्वी लच्का नजिकै बस र अटोरिक्सा आपसमा ठोक्किएर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका–२ स्थित राजमार्गमा आज बिहानै काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३-००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२-००१ ह २१०९ नम्बरको अटो एक आपसमा ठक्कर खाएको प्रहरीले जनाएको छ । दुर्घटनामा अटोमा सवार ४ जना भध्य तीन जनाको मृत्यु भएको छ ।

मुगुमा प्रतिष्ठानले पठायो विशेषज्ञ डाक्टर

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक वर्षदेखि चिकित्सकविहीन मुगुमा विशेषज्ञ डाक्टर पठाएको छ । विशेषज्ञ चिकित्सक अभावका कारण मुगुका सुत्केरीले सास्ती भोग्दै आएका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा। मङ्गल रावलका अनुसार डा. जीतेन्द्र कँडेलले छोडेपश्चात् प्रतिष्ठानले पठाएका विशेषज्ञ डा. सिद्धार्थ खातीले दुई वर्ष सेवा दिएका थिए । उनले छोडेपछि विशेषज्ञ चिकित्सकविहीन मुगुका बिरामी मारमा परेका थिए । डा. रावलले भने, ‘अस्पताल चिकित्सकविहीन हुँदा त्यहाँका