समाज

हटाइयो माइतीघरदेखि बानेश्वरसम्मको निषेधाज्ञा

काठमाडौं । काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म कायम निषेधित क्षेत्र शनिबारदेखि हटाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार सूचना जारी गर्दै गत फागुन ४ गतेदेखि लागू गरिएको निषेधाज्ञा हटाएको जानकारी दिएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा जारी सूचनामा भनिएको छ, ‘हाललाई सुरक्षा चुनौती विश्लेषण समेतका आधारमा जिल्ला सुरक्षा समिति काठमाडौँको आजको सिफारिसअनुसार माइतीघर मण्डलादेखि बानेश्वर (कृष्ण टावर) सम्मको क्षेत्रलाई २०८१ वैशाख १ गतेदेखि निषेध आदेश कायम नरहने सबैलाई सूचित

बैशाखदेखी दरबारमार्ग र ठमेल २४ सै घण्टा खुलाउने घोषणा 

काठमाडौं । व्यवसायीहरूले वैशाख १ देखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा खुला गर्ने घोषणा गरेका छन् । बिहीबार ठमेल प्रर्यटन विकास परिषद र दरबारमार्ग विकास बोर्डले पत्रकार सम्मेलन गर्दै ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा सञ्चालन हुने घोषणा गरेका हुन् । गृह मन्त्रीको सक्रियतामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले बनाएको आचारसंहिता बमोजिम कानूनको परिधिभित्र रही दरबारमार्ग र ठमेल २४ सै घन्टा व्यवसाय संचालन गराउन चालेको कदमलाई सकारात्मक रूपमा

नैनिताल दुर्घटना : ७ नेपालीसहित १ भारतियको मृत्यू

महेन्द्रनगर । भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेलाघाटमा सवारी दुर्घटनामा परि एक भारतीय सहित ७ नेपालीको मृत्यू भएको छ । सोमबारराति भएको सडक दुर्घटनामा परी मृत्यु भएका सातमध्ये मृतक ६ जना बाँकेको बैजनाथ गाउँपालिका–८ का र अर्का एक नेपाली बर्दिया बाँसगढी नगरपालिकाका बासिन्दा भएको खुलेको छ । सवारी दुर्घटनामा परी मृत्यु हुनेमा बैजनाथ–८ का धीरज थारू, उदयराम थारू, विश्राम थारू, तिलकराम थारू, अन्तराम थारू र विनोद थारू रहेको बैजनाथ गाउँपालिका–८ का

दिउँसै हतियार देखाएर मनि ट्रान्सफरको १५ लाख लुटियो

सिराहा । सिराहामा दिउसै हतियार देखाएर अज्ञात समूहले मनिट्रान्सफरको साढे १५ लाख रुपैयाँ लुटेको छ ।सिराहा सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरको लागि ल्याइएको १५ लाख ५० हजार रकम लुटिएको हो । भारतीय नम्बरको मोटरसाइकलमा आएका लुटेराहरूले स‍. ९ प ६३१० नम्बरको मोटरसाइकलमा रकमसहित आइरहेका पुरुषोत्तम यादवलाई हतियार देखाएर नगद सहित २ थान ग्लोबल आईएमई बैंकको र ३ वटा राष्ट्रिय वाणिज्य बैंकको खालि चेक र मोबाइल समेत लुटेर लगेको

सुर्तीजन्य पदार्थको प्रयोगबाट प्रतिवर्ष ३७ हजार बढिको मृत्यु, युवामा हुक्काको प्रयोग बढ्दो 

काठमाडौं । एक अध्ययनले नेपालना सुर्तीजन्य पदार्थको प्रयोगबाट प्रतिघण्टा ४ जनाको मृत्यु हुने गरेको देखाएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको पछिल्लो सर्वेक्षणमा प्रतिवर्ष ३७ हजार ५२९ जनाको मृत्यु सुर्तीजन्य पदार्थको प्रयोगका कारण हुने गरेको देखिएको हो ।  सर्वेक्षण सन् २०२४ को सुरुआतमा सबै प्रदेशका १८ स्थान छनौट गरी गरिएको थियो । प्रतिष्ठानले शुक्रबार सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनले नेपालमा १५ देखि ६९ वर्षसम्मका ३४.१ प्रतिशत जनसंख्याले सुर्तीजन्य पदार्थको प्रयोग

निकिता पौडेलले दिइन सञ्चारमाध्यमविरूद्ध मुद्दा,पाँच करोड क्षतिपूर्ति दाबी

काठमाडौं । गृहमन्त्री रवि लामिछानेका पत्नी निकिता पौडेलले विभिन्न सञ्चारमाध्यमविरूद्ध मुद्दा दायर गरेका छन् । पौडेलले विभिन्न मिडियाका प्रकाशक र सम्पादकविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् । पौडेलले मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ (१) बमोजिम तीन वर्ष कैद, तीस हजार जरिवाना र सोही संहिताको दफा ३०७ (२) बमोजिम प्रतिव्यक्ति ५ करोड क्षतिपूर्तिको मागदाबी लिएर लिखित गाली बेइज्जतीको मुद्दा दायर गरेका छन् । काठमाडौँ जिल्ला अदालतका सूचना

बाँके एसपीले समाचार रोक्न दिएको धम्कीप्रती पत्रकार सम्बद्ध संघसंस्थाद्वारा भ्रत्सना

नेपालगंज: सदभाव दैनिक एवं सेतोखरीमा प्रकाशित समाचारका बिषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक(एसपी) सुवास बोहराले नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष समेत रहेका उक्त पत्रिका/अनलाइनका सम्पादक दामोदर भण्डारीलाई समाचार रोक्न दिएको धम्कीपूर्ण दवावका बिषयमा बिहीवार नेपालगन्जमा पत्रकार सम्बद् संगठनहरुबीच आकस्मिक बैठक बसेको छ । जिल्ला प्रहरी प्रमुख बोहराले भण्डारीलाई समाचार रोक्न दिएको अनुचित धम्कीपूर्ण दवावप्रति गम्भीर चासो र चिन्ता प्रकट गरेको गर्दै समग्र जिल्लाको सुरक्षाको जिम्मेवारी

वैदेशिक रोजगारीबाट फर्केका युवाले गरे श्रीमतीको हत्या

झापा । झापाको बाह्रदशीमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । आज बिहान ६ः३० बजेको समयमा बाह्रदशी–१ का ३३ वर्षीय देवनारायण राजवंशीले घाँटीमा खुकुरी प्रहार गरी श्रीमती ३३ बर्षीया ममसरी राजवंशीको हत्या गरेको प्रहरीले जनाएको हो । घटनापछि प्रहरीले खुकुरीसहित राजवंशीलाई नियन्त्रणमा लिएको छ । राजवंशी वैदेशिक रोजगारीका लागि ओमन गएका थिए । उनी विदामा चार दिनअघि मात्र घर आएको बताइएको छ । श्रीमती अर्कै व्यक्तिसँग लागेको विषयमा

मापसे गरी हल्ला गरेपछि राजेशपायलसहित ३ जना पक्राउ

काठठमाडौं । गायक राजेशपायल राईसहित तीनजना कलाकार पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा प्रहरीले गएराति उनीहरुलाई काठमाडौंको थापागाउँबाट पक्राउ गरेको हो । मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । होहल्ला नगर्न आग्रह गर्दा पनि अटेर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । उनीहरूलाई अहिले प्रहरी वृत्त परिसर बानेश्वरमा राखिएको छ । पछिल्लो समय गायक राई रेष्टुरेन्ट

प्रहरीका १९ जना इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस

काठमाण्डौं । नेपाल प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायव उपरिक्षक (डिएसपी)मा बढुवा सिफारिस गरेको छ । बुधवार बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीमा रिक्त रहेको डिएसपी पदमा १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा सिफारिस गरेको छ। बढुवा हुनेहरूमा २०७० सालका प्रहरी निरीक्षकमा भर्ना भएकाहरु हुन् । सो समूहमा ९८ जना प्रतिस्पर्धामा थिए । उक्त व्याजका ठूलो संख्यामा बढुवा हुन बांकी