समाज

प्रश्नप्रत्र लिक प्रकरणमा दोषी देखिएका तीन प्रहरीलाई बर्खास्त गर्दै

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीको प्रि–स्याट छनोट परीक्षाको प्रश्नप्रत्र ‘लिक’ प्रकरणमा मुख्य दोषी देखिएका तीन जनालाई तत्काल बर्खास्त गर्न सिफारिस गरिएको छ । प्रश्नपत्र लिक भएपछि छानबिन गर्न गठित समितिले छानबिनपश्चात् बुधबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीलाई प्रतिवेदन बुझाउँदै तीन जनालाई बर्खास्त गर्न र विभिन्न तहका अन्य ११ प्रहरीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको हो । प्रतिवेदनमा समितिले प्रश्नपत्र लिक प्रकरणमा मुख्य दोषी देखिएका

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएका घिसिङलाई सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । घिसिङलाई कार्यकारी निर्देशक बनाउने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जानकारी ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई मन्त्रिपरिषदको कार्यालयले मंगलबार गराएको हो । योसँगै मन्त्रालयले बुधबार

एमालेमा लोगो परिवर्तन, सूर्य चिह्नभित्र हँसिया हथौडा रहने

काठमाडौं । नेकपा (एमाले)मा लोगो परिवर्तन गर्ने प्रस्ताव गरिएको छ । आज च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत विधान संशोधनको प्रस्तावमा पार्टीको लोगो परिमार्जन गर्ने उल्लेख छ । प्रस्तावको बुँदा नम्बर २२ मा भनिएको छ– पार्टी लोगो सूर्य चिह्नभित्र हँसिया हथौडा रहने गरी परिमार्जन गर्ने ।एमालेको लोगो र चुनाव चिह्न सूर्य रहँदै आएको छ ।

सवै तहका कर्मचारीका लागि नयाँ तलबमान स्वीकृत

काठमाडौं । सरकारले सवै तहका कर्मचारीका लागि नयाँ तलबमान स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नयाँ तलबमान स्वीकृत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । बैठकपछि सरकारका प्रवक्ता कार्कीले भने, ‘सबै तहका निजामती कर्मचारी,  सेना,  प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक, प्रदेश र स्थानीय तहका कर्मचारीका लागि साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गर्ने निर्णय भएको छ ।’ तत्कालीन

दुर्घटनामा परी प्रहरी निरीक्षक वाग्लेको मृत्यु

नवलपरासी । दुर्घटनामा परी एकजना प्रहरी निरीक्षकको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करपछि गम्भीर घाइते भएका कपिल वाग्लेको मृत्यु भएको हो । नवलपरासीको बर्दघाटमा सोमबार बेलुकी मोटरसाइकलले ठक्कर दिएपछि प्रहरी निरीक्षक कपिल वाग्ले गम्भीर घाइते भएका थिए। काठमाडौं बसुन्धाराका वाग्लेलाई हिडिरहेको अवस्थामा मोटरसाइकलले ठक्कर दिएको थियो । उनी इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत थिए । वाग्लेलाई लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले सोमबार बेलुकी ८ बजेतिर ठक्कर दिएको नवलपरासी प्रहरीले

दूध बिक्री गर्ने कृषकलाई १८ लाख अनुदान

तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका–५ स्थित याम्पा दुग्ध उत्पादक सहकारी संस्थामा दूध बिक्री गर्ने कृषकलाई अनुदान बापत रु १८ लाख वितरण गरिएको छ । उत्पादनका आधारमा अनुदान वितरण गर्ने नीति बमोजिम गाउँपालिकाले प्रोत्साहन स्वरुप सो रकम प्रदान गरेको हो । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले सोमबार रकम वितरण गर्दै कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने जानकारी दिए।सो सहकारी संस्था मार्फत् दूध विक्री गर्ने एक सय ५२ कृषकले अनुदान बापतको रकम प्राप्त

महन्थ ठाकुरसहित १६ जना साधारण सदस्य मात्रै रहने

काठमाडौं । आफूलाई जनाता समाजवादी पार्टी (जसपा)का अध्यक्ष दावी गर्ने महन्थ ठाकुरसहित १६ जना अब साधारण सदस्य मात्रै रहने भएका छन् । ठाकुर पक्षलाई निकाल्ने जसपाको निर्णयलाई निर्वाचन आयोगले अद्यावधिक गरेको छ । योसँगै ठाकुर पक्षमा रहेका १६ जना जसपाका साधारण सदस्य मात्रै रहने भएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जसपाको निर्णयलाई अद्यावधिक गरिएको जानकारी दिए । उनले भने, ‘दफा ५१ बमोजिम हेरफेर अद्यावधिक गरिएको हो । ५१

बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी, क्षतिको विवरण आउन बाँकी

काठमाडौं । बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ । उक्त औद्योगिक क्षेमा रातिदेखि आगलागी भएको हो । प्रहरी वृत्त बालाजुले औद्योगिक क्षेत्रमा रहेको एक विष्कुट फ्याक्ट्रिमा आगलागी भएको जानकारी दिएको छ । प्रहरीका अनुसार शुक्रबार राति दुई बजेदेखि नै आगलागी भएको हो । १९ वटा पानी ट्याङ्कर ९ वटा बारुणयन्त्रले आगो निभाउने प्रयास भए पनि नियन्त्रणमा आउन नसकेको प्रहरीको भनाई छ । आगलागनी निभयान नसकिएकाले क्षतिको विवरण पनि आइसकेको

काठमाडौँबाट पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले काठमाडौँको गोङ्गबुबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गको आरके रेष्टुराँबाट पेस्तोलसहित धादिङका २४ वर्षीय विकेश मगर भन्ने विपिन मगर, २५ वर्षीय मन्दिप थापा र १९ वर्षीय सुजन मगरलाई बुधबार साँझ पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले गोङ्गबु विजी मलअगाडि सडकमा जाँचका क्रममा स्कुटर छाडेर भागेपछि शाङ्का

यूएन प्रि स्याट परीक्षाको प्रश्नपत्र किनबेच, दुई प्रहरी नियन्त्रणमा

काठमाडौं ।  नेपाल प्रहरीमा यूएन प्रि स्याट परीक्षाको प्रश्नपत्र किनबेच भएको छ । प्रहरी प्रधान कार्यालयले दुई प्रहरीलाई नियन्त्रणमा लिएको छ भने दर्जन अधिकारीमाथि छानबिन अघि बढाएको छ । युएन शाखामा कार्यरत प्रहरी परिचर सुरेश बमले प्रश्नपत्र चोरी गरेको खुलेको छ । उनले हवल्दार कुमार शाहलाई एक लाखमा बिक्रि गरेका थिए । शाह पहिला यूएन शाखामै काम गरेका प्रहरी हुन् । उनले थप प्रहरीलाई बिक्रि गरेका थिए । हवल्दार शाह