समाज

एआइजी किरण बज्राचार्यलाई सरुवा गर्ने तयारी

काठमाडौं । केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यलाई सरुवा गर्न तयारी थालिएको छ । बज्राचार्यलाई सरुवा गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजान छलफल भइरहेको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

सुन तस्करी प्रकरण: एआईजी,एसपी र डीएसपीमाथि कारबाही सिफारिस

काठमाडौं । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित आयोगले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुखसहित नेपाल प्रहरीका ४ अधिघकृतलाई कारबाही गर्न सिफारिस गरेको छ । सुन तस्करीको छानबिनका क्रममा मुद्दा चलाउनुपर्ने व्यक्तिलाई समेत जोगाएको आरोपमा आयोगले ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्य, योसँगै सुनसम्बन्धी अनुसन्धान गरेका एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई विभागीय कारबाहीको सिफारिस गरेको हो । उनीहरुले सुन तस्करीमा जोडिएका एक मुख्य व्यक्ति जीवन चलाउनेलाई भगाएको

रुसी सेनामा कार्यरत थप सात जना नेपालीको मृत्यु

काठमाडौँ । रुसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै रुसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकको मृत्यु भएको पुष्टि गरेको हो ।  मन्त्रालयका अनुसार मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जीतबहादुर बिक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् । मन्त्रालयको विज्ञप्तिमा भनिएको छ,‘रुसी सेनामा भर्ना भएका

कारको ठक्करबाट कुवेतमा तीन नेपालीको मृत्यु

काठमाडौं । कुवेतमा सडक दुर्घटनामा परी तीनजना नेपालीको मृत्यु भएको छ । मंगलबार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी-साइडमा भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीनजनाको ज्यान गएको हो । दुर्घटनामा तीनजना नेपालीको मृत्यु भएको त्यहाँस्थित नेपाली दुतावासले पुष्टी गरेको छ । दुर्घटनामा ज्यान गुमाउनेमा लयती पन्चदेवल विनायक–५ आछामका सुरतबहादुर कठायत, सानो भर्याङ्ग, नागार्जून–२ काठमाडौंका सुजन कार्की र वेंगादवार–३ धनुषाका धिरज गुर्मछान मगर रहेका छन् । मृतकहरु एउटै कम्पनीमा कार्यरत

स्रोत नखुलेको डेढ करोड रुपैयाँ बरामद, ८ जना पक्राउ

काठमाडौं । प्रहरीले नेपालगञ्जबाट दुई दिनमा १ करोड ३० लाख ४८ हजार सात सय नेपाली रुपैयाँ र १५ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी सुवासचन्द्र बोहराका अनुसार, आइतबार र सोमबार चलाएको अपरेसनमा तीन वटा समूहबाट डेढ करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको रकम बरामद भएको हो । आइतबार ३९ लाख २० हजार रुपैयाँसहित राजपुर–१, बर्दियाका अनुप थारु, पूर्णिमा चौधरी र नेपालगञ्जका हफिक

श्रीमान गुमाएकी बिरामी लौटि, जसलाई अमेरिकाबाट गरे लिल बहादुरले सहयोग

नेपालगन्ज : गत भाद्र महिनामा मोटरसाइकल दुर्घटनामा परि लौटि थारुका श्रीमानको ज्यान गयो । साहरा दिने एक मात्र श्रीमानले सन्सारै छाडेर गएपछि लौटिलाई बज्रपात नै पर्यो । घर खर्च देखि सबै खर्च बेहोर्ने श्रीमान नहुँदा लौटी थारुको जीवन कष्टकर बन्दै गएको छ । आफु बेरोजगार त्यसैमाथि विरामि । ज्याला मजदुर गर्न नसक्ने अवस्थामा रहेकी थारुलाई आफु सगैं रहेका दुई छोरा छोरी हुर्काउन र पढाउन मुस्किल पर्दै गएको भिडियो सामाग्री खबरगन्ज

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार चोकमा गए राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार आठ वर्षीय अभि दाहाल रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । मृतक काका भतिजा हुन् । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्र १–०२–०४१ प ६६१९ नं को मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको प्र १–०२–००१ क ४५७८

त्रिशूली नदीमा हराइरहेका दुई जनाको शव भेटियो

धादिङ । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको यात्रु बस दुर्घटनामा हराइरहेका तीनमध्ये दुई जनाको शव फेला परेको छ । कपिलवस्तुको भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नं को बस बुधबार बिहान त्रिशूली नदीमा खस्दा हराइरहेका स्याङ्जाको वालिङ नगरपालिका–९ का विराज गैरे र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का नर्मदा सुवेदीको शव आज फेला परेको हो । योसहित दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । गैरेको शव दुर्घटनास्थलभन्दा करिब दुई सय

नवनियुक्त मन्त्रीको शपथ साँझ ५ बजे

काठमाडौँ । नवनियुक्त मन्त्रीको शपथ साँझ ५ बजे हुने भएको छ । मन्त्रीहरुको ५ बजे शपथका लागि तयारी गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति कार्यालयलाई मौखिक रुपमा जानकारी गराएका छन् ।  लिखित पत्र भने पठाउने क्रममा रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।  दलहरुले मन्त्रालय भागबण्डा टुंग्याएपछि प्रधानमन्त्रीले नयाँ मन्त्रीमण्डल पुनर्गठन गरेर शपथ ग्रहण हुन लागेको हो ।

काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो,६ जनाको मृत्यु

काठमाडौँ । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस धादिङ गजुरीको गलौदीस्थित सडकबाट त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा पाँच जना पुरुष र एक महिला रहेका छन् ।  बुधवार बिहान ५ बजे गति अनियन्त्रित भई त्रिसुली नदीमा खसेको गजुरी प्रहरीले वताएको छ । नदीमा खसेकामध्ये ३७ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट टोलीले जीवितै उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको छ । घटनाको विस्तृत