समाज

नेपालगंजको भेरीमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

नेपालगंज । बाँकेका अस्पतालमा भर्ना उपचाररत थप दुई कोरोना संक्रमितको गएराति मृत्यु भएको छ । संक्रमित बिरामीको उपचार भइरहेको नेपालगञ्जस्थित भेरी अस्पतालमा दुईजनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति वलीले जानकारी दिए । उनका अनुसार कोहलपुर नगरपालिका–१४ निवासी ७० वर्षीया महिला र तुलसीपुर उपमहानगरपालिका–१८ दाङ निवासी ७२ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । योसँगै हालसम्म बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ३१० र जिल्लाकै २९१ जनाको

पुनर्गठित मन्त्रिमण्डलमा वादल समुह अटेन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनःगठन गर्ने भएपछि निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादल लगायत एमाले प्रवेश गरेका पूर्व माओवादी नेता बालुवाटार पुगेका थिए। सर्वाैच्चको आदेशले आफुहरु हटेपनि आफ्नो समूहलाई समेत कोटा दिनुपर्ने उनीहरुको प्रस्ताव थियो । तर, त्यो प्रस्तावमा ओली सकारात्मक नभएपछि एमाले प्रवेश गरेका पूर्व माओावादी नेता हिस्स बनेका छन् । यद्यपी ओलीले सो समूहबाट पनि मन्त्री राखिने आश्वासन दिएका छन् । यसअघि पूर्व माओवादीका सात मन्त्री

नक्कली स्यानीटाइजरसहित दुईजना पक्राउ

काठमाडौं । ललितपुर प्रहरी परिसर प्रमुख एसएसपी किरण बज्राचार्यले जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने र मापदण्ड विपरितको ह्याण्ड स्यानिटाइजर उत्पादकलाई पक्राउ गरेको बताइन् । ललितपुर महानगरीय प्रहरी परिसर ललितपुरले नक्कली स्यानीटाइजर उत्पादन गर्नेलाई निगरानी बढाएको छ । इमाडोलमा नक्कली स्यानीटाइजर उत्पादन गर्ने उद्योग बन्द गरेको सातादिन नबित्दै आज महानगरीय प्रहरी परिसर ललितपुरले २ सय ४० लिटर नक्कली स्यानीटाइजरसहित दुईजनालाई पक्राउ गरेको छ । ललितपुर प्रहरी परिसरको टोलीले ओम निरमाया हेल्थ केयर

तीन उपप्रधानमन्त्रीसहित १२ मन्त्रीले लिए सपथ

काठमाडौं । काठमाडौं । नयाँ मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारमा तीन उपप्रधानमन्त्रीसहित १२ जनाले सपथ लिएका हुन् । पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्री सहित १२ मन्त्री र २ जना राज्यमन्त्री छन् । दृष्टिन्युज केपी शर्मा ओली प्रधानमन्त्री उद्योग बाणिज्य तथा आपूर्ति कृषि, पशुपन्छी विकास गृह, रक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन संघीय मामिला तथा सामान्य प्रशासन संचार तथा सूचना प्रविधि विष्णुप्रसाद पौडेल

जुनियरलाई उपप्रधानमन्त्री बनाइएको भन्दै मन्त्रिपरिषदबाट बाहिरिए त्रिपाठी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयश त्रिपाठीले आफूभन्दा जुनियरलाई उपप्रधानमन्त्री बनाइएकाले पदमा बसिरहन उपयुक्त नठानेको भन्दै मन्त्रिपरिषदबाट बाहिरिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् हेरफेर गर्ने क्रममा बहालवाला ४ जनालाई मात्रै राखेर अरू सबै मन्त्रीहरूलाई बिदा दिएसँगै त्रिपाठी पनि हटेका हुन् । स्वास्थ्यमन्त्री त्रिपाठीले आफूलाई हटाइएको नभई स्वेच्छाले बाहिरिएकोसमेत बताएका छन् । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतो र एमालेका रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाएका छन् ।

ओली सरकारका चार बाहेक सबै मन्त्री हेरफेर गरिदै, पूर्व माओवादी नेतालाई समेत मन्त्री बनाउने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चार बाहेक सबै मन्त्री हटाउने भएका छन् । अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ, कानुनमन्त्री लिलानाथ श्रेष्ठ र भौतिक योजना मन्त्री बसन्त नेम्वाङ बाहेक सबैलाई हटाउन लागिएको छ । त्यस्तै एमाले प्रवेश गरेका पूर्व माओवादी नेतालाई समेत मन्त्री बनाउने तयारी भइरहेको छ। बालद तथा टोपबहादुर रायमाझी निकट केही नेतालाई मन्त्री नियुक्त गर्न लागिएको छ । यसका लागि बादल बालुवाटार पुगेका छन् । उनले

उपप्रधानमन्त्रीसहित राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा सहभागी हुँदै

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को महन्थ ठाकुर समूह उपप्रधानमन्त्रीसहित राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष ठाकुरबीच भएको सहमतिअनुसार राजेन्द्र महतो उपप्रधानमन्त्रीसहित उद्योगमन्त्री, शरतसिंह भण्डारी ऊर्जामन्त्री, अनिलकुमार झा शहरी विकासमन्त्री, विमल श्रीवास्तव खानेपानीमन्त्री र उमाशंकर अरगरिया युवा तथा खेलकुदमन्त्रीको रुपमा सरकारमा सहभागी हुने भएका छन् । त्यसैगरी लक्ष्मणलाल कर्ण र राजकिशोर यादव पनि सरकारमा जाने बताइएको छ ।

सरकारमा सहभागी हुने मन्त्रीको नाम आजै सार्वजनिक गर्ने तयारीमा जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने पक्का पक्की जस्तै भएको छ । सरकारमा सहभागी हुनेबारे बिहीबार पनि प्रधानमन्त्री केपी शर्मा ओली र ठाकुर पक्षबीच छलफल भएको थियो । उक्त छलफलपछि जसपा सरकारमा सहभागी हुने करिब निश्चित भएको हो । प्रधानमन्त्री ओली र ठाकुर पक्षबीच जसपाबाट ८ जना मन्त्री र दुईजना राज्यमन्त्री सरकारमा जाने सहमति भएको छलफलमा सहभागी कार्यकारिणी समितिका सदस्य शरतसिंह भण्डारीले बताएका छन्

नेपाल प्रहरीको एफपीयु बन्द हुँदा सशस्त्रको थपियो

काठमाडौं । नेपाल प्रहरीको सुडान एफपीयु बन्द हुँदा राष्ट्रसंघले सशस्त्र प्रहरीलाई भने थप अर्काे एफपियु दिने तयारी गरेको छ । सशस्त्र प्रहरीका हाल दक्षिण सुडानमा दुई वटा एफपियु परिचालित छन् । दुई वर्षअघि नै अर्काे एफपीयुका लागि तयारी थालिएको र राष्ट्रसंघको टोली केही हप्तापछि निरीक्षणमा आउन लागेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआजी राजु अर्यालले बताए । सशस्त्र प्रहरीले करिब ३० करोड खर्च गरेर दुई वर्ष अघि नै एपीसी लगायत बन्दोबस्तीमा

महन्थ पक्षका ६ कार्यकारिणी समिति सदस्यहरुको उपेन्द्र समुहलाई साथ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षमा रहेका कार्यकारिणी समितिका ६ सदस्य कित्ता परिवर्तन गरी उपेन्द्र यादव समूहमा गएका छन्। ६ सदस्यले ठाकुरको साथ छाडेपछि कार्यकारिणीमा उपेन्द्र समूह स्पष्ट बहुमतमा देखिएको छ। पछिल्लोपटक कार्यकारिणी समितिका सदस्यहरू मृगेन्द्रसिंह यादव, नवलकिशोर साह र रामनरेश राय यादव ठाकुर पक्षलाई छाडेर उपेन्द्र समूहमा गएका हुन्। यसअघि ठाकुर पक्षका महेन्द्र यादव, गजाधर यादव र रमेश यादव उपेन्द्र समूहमा गएका थिए। उनीहरूले पार्टी जोगाउन