स्वास्थ्य

नेपालमा कोरोनाबाट निको हुनेको संख्या ६० हजार नाघ्यो

काठमाडौँ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २,७२२ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । शुक्रबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २,७२२ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् । यसगरी, नेपालमा आजसम्म १० लाख ४८ हजार ६ सय ८६ जनाको पीसीआर परिक्षण गरिएको र आज मात्र १४, ७३९ जनाको पीसीआर परिक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। यसैबीच,

दैनिक आहारमा सलाद खानाले हुन्छन् यस्ता आश्चर्यजनक फाइदा

काठमाडौँ। सलाद धेरै पोषक तत्त्वहरूले भरिपूर्ण हुन्छ। हरियो सलादमा अर्थात् ग्रिन सलादमा भरपुर रूपमा क्याल्सियम, पोटासियम, आइरन, र भिटामिन बी हुन्छन्।  सामान्यतया सलादमा टमाटर, भेडे खोर्सानी र विभिन्न प्रकारका साग, काँक्रा, मुला, गाँजर, आदि समावेश हुने गर्दछन्। जसमा प्रशस्तरुपमा एन्टिअक्सीडन्टको मात्रा पाइन्छ । दैनिकरुपमा खानामा सलाद खाँदा शरीरमा फाइबरको मात्रालाई पूर्ति गर्दछ। क्यालोरीको मात्रा कम भएकाले सलादले अनावश्यक तौल बढ्न दिँदैन। त्यसैले दैनिक आहारमा सलाद खाँदा स्वास्थ्यलाई सकारात्मक फाइदा पुग्ने

नेपालमा एकैदिन ९ सय ६१ जनाले जिते कोरोना

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ९६१ जनाले कोरोनाभाइरसलाई जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ९६१ जनाले कोरोनालाई जितेको जानकारी दिए । यससँगै नेपालमा कोरोना जित्नेको संख्या ५७,३८९ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४३ सहित मुलुकभर १,९११ जनामा कोरोनाभाइरस संक्रमण भएको छ । जसमा पुरुष १२८३ र महिला ६२८ रहेका

नेपालमा पहिलोपटक डाक्टरको कोरोनाबाट ज्यान गयो

नेपालमा कोरोना संक्रमणबाट सुर्खेत प्रादेशिक अस्पतालमा कार्यरत रहेर भेरी अस्पताल नेपालगञ्जमा उपचाररत डाक्टरको मृत्यु भएको छ । कोरोना संक्रमितको उपचारमा खटिएका भेरी अस्पताल नेपालञ्जमा दरबन्दी भएको हार्ड जोर्नी विशेषज्ञ डाक्टरको मृत्यु भएको हो । डा. हरि सापकोटाको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिए । सुर्खेत प्रादेशिक अस्पतालमा कार्यरत रहेर भेरी अस्पताल नेपालगञ्जमा उपचाररत डाक्टर सापकोटा कोरोना संक्रमितको उपचारमा खटिनेक्रममा कोरोना संक्रमित भएका थिए । उनको

नेपालगञ्ज मेडिकल कलेजमा दुई जना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगञ्ज उपमहानगरपालिका-४ का ५२ वर्षीय पुरुष र सुर्खेत घर भएकी ७५ वर्षीया महिलाको बिहीबार बिहान उपचारको क्रममा मृत्यु भएको हो । नेपालगञ्जका ५२ वर्षीय पुरुषको बिहान ५ः२० बजे र सुर्खेतकी ७५ वर्षीया महिलाको बुधबार राति १ बजे मृत्यु भएको श्रेष्ठले बताए । मृतक पुरुषमा गत असोज

सरकारले 'थाहै नपाई' कसरी भयो रुसबाट कोभिड-१९ को खोप ल्याउने सम्झौता ?

बीबीसी।  कोरोनाभाइरसविरुद्ध रुसमा निर्मित खोप ठूलो परिमाणमा नेपाल ल्याउने सहमति भएको समाचार विदेशी सञ्चारमाध्यमहरूले प्रकाशित गरेपछि बल्ल नेपालका सरकारी अधिकारीले त्यसबारे थाहा पाए। मङ्गलवार आएको समाचारबारे भोलिपल्ट प्रतिक्रिया दिँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपाल सरकारले नभनी खोपहरू भित्र्याउन नमिल्ने बताए। उनी भन्छन्, “यसबारे हामीलाई थाहा छैन। नेपाल सरकारले नभनी ल्याउन मिल्दैन। बाहिर क-कसले के-के सम्झौता गर्छन् त्यो हामीलाई कसरी थाहा हुन्छ?” हाल तेस्रो चरणको परीक्षणमा रहेको

रुसले २ करोड ५० लाख कोरोनाविरुद्धको खोप नेपाललाई दिने

काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको कारण विश्वका धेरै देश प्रभावित भएका छन् । कोरोनाकै कारण विश्वका धेरै मानिसहरुले ज्यान पनि गुमाइरहेका छन् । यस्तो अवस्थामा रुसमा बनेको कोरोना खोपले मानिसहरुलाई केही आशा दिएको छ । यस्तै नेपालको लागी एक खुशीको खबर आएको छ । रुसले २ करोड ५० लाख कोरोना विरुद्धको खोप नेपाललाई दिने भएको छ । मंगलबार रुसको स्पुतनिक–भी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड र औषधि

नागरिक अगुवाहरुको सामूहिक आह्वान– डा. केसीको जीवनरक्षा गर

काठमाडौँ  । नागरिक अगुवाहरुले सामूहिक आह्वान गर्दै अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गरेका छन् । विभिन्न ६ बुँदे माग राखेर दुई सातादेखि अनशनमा रहेका डा. केसीको जीवनरक्षा गर्न उनीहरुले सरकारलाई सामूहिक आह्वान गरेका हुन् । आइतबार संयुक्त अपील जारी गर्दै विभिन्न क्षेत्रका २३ जना नागरिक अगुवाहरुले डा. केसीको स्वास्थ्य अवस्था खराब हुँदै गएको भन्दै जीवनरक्षा गर्न माग गरेका हुन् । उनीहरुले कुनै पनि बेला डा. केसीको स्वास्थ्य अवस्था गम्भीर

कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु

काठमाडौं ५, असोज । नेपालमा कोरोना भाइरसबाट थप १६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र १३ पुरुष जनाको कोरोनाबाट मृत्यु भएको हो । मन्त्रालयका अनुसार झापामा ७२, सुनसरीमा ४९, पर्सामा ८८, भक्तपुरमा ८४ र ६२ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै काठमाडौंमा ५८ र ७३ वर्षिय, मकवानपुरमा ६८, ललितपुरमा ६१, चितवनमा ५५, रुपन्देहीमा ६७, बाँकेमा ५९ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

आज ११५४ जना कोरोना स‌ंक्रमित थपिए, १ हजार ५ जना डिस्चार्ज

काठमाडौं ५, असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६५ हजार २ सय ७६ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार इलामका १, उदयपुरका १, झापाका २, मोरङका १०७, सुनसरीका ११, धनुषाका २ जना स‌ंक्रमित रहेका छन् भने पर्साका ५, बाराका १, महोत्तरीका १४, रौतहटका २९, सप्तरीका ४७, सर्लाहीका ७, सिरहाका ४ जना स‌ंक्रमित