स्वास्थ्य

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, संख्या ४ सय नाघ्यो

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। बाट मृत्यु भएको जानकारी दिए । मृत्यु हुनेमा काठमाडौंका एक पुरुष र एक महिला, ललितपुरका २ जना महिला र एक पुरुष, मबवानपुरका एक पुरुष, रुपन्देशीका एक महिला, बाकेँका एक महिला, मोरङका एक महिला, रौतहटका एक महिला र सर्लाहीका एक महिला रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको छ । त्यस्तै नेपालमा पछिल्लो

एकैदिन काठमाडौं उपत्यकाका थपिए ८५९ कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २०२० जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा ८५९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

ललितपुरमा कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं २ असोज । ललितपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। ललितपुरकी ६६ वर्षीय महिलाको बिहीबार उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ। उनी गत भदौ ३० गते देखि ललितपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेकी थिइन्।

बाँकेमा आज ६० जना डिस्चार्ज

नेपालगन्ज २, असोज । बाँकेमा शुक्रबार कोरोना भाइरस संक्रमणबाट मुक्त भएर ६० जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा बालबालिकादेखि प्रहरीसम्म छन् । बाँकेमा डिस्चार्ज हुनेको संख्या एक हजार एक सय ९२ पुगेको छ । प्रतिशतका हिसावले हेर्ने हो भने निको हुने दर बाँकेमा ७७.१० रहेको छ । अव आइसोलेसनमा ३ सय ४५ जना बसिरहेका छन् । जिल्लामा संक्रमितको संख्या अहिलेसम्म १ हजार ५ सय ४६ छ । भाइरस संक्रमणबाट

नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु

काठमाडाैँ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा आठ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको जानकारी दिएको छ । बुधबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा आठ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ३७९ पुगेको जानकारी दिए । साथै पछिल्लो २४ घण्टामा एक हजार ६८ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको संख्या ४१ हजार सात सय ६ पुगेको उनले जानकारी दिए । साथै पछिल्लो २४

श्राद्धको खाना खाँदा एक जनाको मृत्यु, १५ जना बिरामी

काठमाडौं – कैलालीमा मंगलबार श्राद्धको खाना खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका– १० खमौराका सुरेश बोहरा रहेका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । श्राद्धको खाना खाँदा अन्य १५ जना बिरामी भएका छन् । बिरामी भएका १५ जनाको सेती प्रादेशिक, नवजीवन र माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भदौ २७ गते श्राद्धमा खाना खाएका उनीहरु

कोरोना संक्रमित शशांक कोइरालाको स्वास्थ्य अवस्था स्थिर : अस्पताल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको ओम अस्पतालले जनाएको छ । अस्पतालले दिउँसो स्वास्थ्य बुलेटिन सार्वजनिक गर्दै तीनजना चिकित्सक उपचारमा खटिएको उल्लेख गरेको छ । डा.विश्वनाथ कोइराला, डा.सुबोध ढकाल र प्रेमसुन्दर श्रेष्ठ उनको उपचारमा खटिएका छन् । केही दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका कोइरालाको अवस्था बिग्रिँदै गएपछि बुधबार बिहान चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको हो । उनलाई भदौ २३ गते कोरोना

काठमाडौं उपत्यकामा थपिए अहिलेसम्मकै सबैभन्दा धेरै ६७६ कोरोना संक्रमित

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५५५, ललितपुरमा ३५ र भक्तपुरमा ८६ जना गरी जम्मा ६७६ जना संक्रमित थपिएका छन् । यसअघि सोमबार (हिजो)  काठमाडौंमा ४४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जना गरी जम्मा ५१२ जना संक्रमित थपिएका थिए । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

हालसम्म नेपालमा १०२ पत्रकारमा कोरोना संक्रमण

काठमाडौं – नेपालमा अहिलेसम्म १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । महासङ्घका अनुसार तीमध्ये सबैभन्दा बढी प्रदेश नं २ मा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । cप्रदेश नं १ मा १७, वाग्मती प्रदेशमा २६, गण्डकी प्रदेशमा १५, प्रदेश नंं ५ मा १२ र कर्णाली प्रदेशमा चार जनामा कोरोना सङ्क्रमण पुष्टि

थप उपचारका लागि क्रिकेटर भण्डारी काठमाडौँको ग्रान्डी अस्पतालमा

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट खेलाडी ललित भण्डारीलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । गम्भीर मोटरसाइकल दुर्घटनापछि धनगढी र कोहलपुरमा प्रारम्भिक उपचार गरिरहेका भण्डारीलाई थप उपचारका लागि काठमाडौंको ग्रान्डी अस्पताल ल्याइएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रक र म २ प ४७०५ नम्बरको मोटरसाईकल आपसमा ठोकिएको थियो। जिल्लाको शुक्लाफाटा नगरपालिका वडा नम्बर १० का राष्ट्रिय क्रिकेट खेलाडी २८ वर्षका