स्वास्थ्य

नेपालमा एकैदिन ८ सय ५२ जनाले जिते कोरोना

काठमाडौं – नेपालमा पछिल्लो समय कोरोनाभाइरसलाई जित्नेको संख्या बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा ८ सय ५२ जनाले कोरोनाभाइरसलाई जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप  ८ सय ५२ जनाले कोरोनालाई जितेको जानकारी दिए । यससँगै नेपालमा कोरोना जित्नेको संख्या ३७ हजार ५ सय २४ पुगेको छ ।  आजसम्म डिस्चार्ज हुने ७० दशमलव ६ प्रतिशत

थुनुवा, सुरक्षाकर्मी र बैंक कर्मचारीसहित २१ जनामा कोरोना पुष्टी

सुर्खेत २७, भदौ । कर्णालीमा शनिवार थप २१ जनामा कोरोना पुष्टी भएको छ । प्रदेश अस्पताल÷पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा १९ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा दुई गरी २१ जनामा कोरोना पुष्टी भएको हो । योसँगै कर्णालीमा कोरोना पुष्टी हुनेको संख्या दुई हजार सातसय ७६ पुगेको छ । आज संक्रमित हुनेमा तीन जना थुनुवा, ८ जना सुरक्षाकर्मी र तीन जना बैंकका कर्मचारीहरु रहेको जिल्ला जन स्वास्थ्य सेवा कार्यालयले जनाएको छ

मालपोत कार्यालय बाँकेका ८ जना कर्मचारीमा कोरोना पोजेटिभ

नेपालगन्ज २७, भदौ । मालपोत कार्यालय बाँकेका ८ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएको छ । शनिवार बाँकेमा ४० जना कोरोना भाइरसका संक्रमित थपिनेक्रममा मालपोत कार्यालयका लेखा अधिकृतसहित ८ जना कर्मचारीमा भाइरस संक्रमण देखिएको हो । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ३५ जना र बागेश्वरी ल्याव कोहलपुरमा गरिएको परीक्षणमा पाँचजना गरी बाँकेमा शनिवार ४० जना थपिएका हुन् । योसँगै बाँकेमा संक्रमितको संख्या १४ सय नाघेको छ । अव

कोरोना अपडेट :१२०१ संक्रमित थपिए, ८५२ जना डिस्चार्ज, १४ को मृत्यु

काठमाडौं २७, भदौ । देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शनिवार थप १२०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार १७६ नमुना परीक्षण गर्दा १२०१ जना नँया संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभएको छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५३ हजार १ सय २० पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ८५२ जना कोरोना संक्रमण मुक्त भई

चितवनमा २६ जना प्रहरीमा देखियो कोरोना संक्रमण

काठमाडौं – चितवनको नारायणगढ स्थित वडा प्रहरी कार्यालयमा कार्यरत २६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार र आज गरी २६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । आज आएको नतिजामा वडा प्रहरी कार्यालयका १० सहित ११ जना प्रहरी र शनिबार आएको नतिजामा वडाका १२ जना प्रहरीमा कोरोना संक्रमण देखिएको जनाइएको छ । यससँगै चितवनमा कोरोना संक्रमित प्रहरीको संख्या ३९ पुगेको छ ।

उपत्यकामा थप ६९६ जनामा कोरोना संक्रमण, पाँच जनाले ज्यान गुमाएसँगै मृतकको संख्या ३२२ पुग्यो

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा ६९६ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । शुक्रबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंका ६२०, ललितपुर ३८ र भक्तपुरका ३८ गरी ६९६ जनामा कोरोना संक्रमण भएको जानकारी दिए । उनकाअनुसार पछिल्लो २४ घण्टामा मुलुकभर १४५४ जनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ५१ हजा ९१९  पुगेको छ । यसैगरी

विराटनगरमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

काठमाडौं – विराटनगरमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर-१९ मिलन चोककी ४४ वर्षीया महिला रहेकी छिन् । उनको बिहिबार विराटनगरको कोशी अस्पतालअन्तर्गतको कोभिड-१९ उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि कोशी अस्पताल भर्ना भएकी महिलाको अवस्था गम्भिर भएपछि  कोभिड-१९ उपचार केन्द्रमा लगिएको थियो । उनको  कोभिड-१९ उपचार केन्द्रमा उपचारकै क्रममा बिहिबार मृत्यु भएको अस्पतालले जनाएको छ । उनको कोरोना संक्रमणबाट

अभिनेत्री सारा खानलाई देखियो कोरोना संक्रमण

काठमाडौं । भारतका कलाकारहरुमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण देखिएको छ । यस्तै टेलिभिजन अभिनेत्री सारा खानलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । उनमा बिहिबार कोरोना संक्रमण पुष्टि भएको हो । आफुलाई कोरोना संक्रमण भएको र होम क्वारेन्टिनमा रहेको बारे साराले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । टेलिसिरियलमा काम गर्दै आएकी साराले आफुलाई कोरोना पोजेटिभ देखिएको बताउदै घरेलु उपचार विधि अपनाइरहेको बताएकी छिन् । उनले स्टाटसमा कोरोनाको उपचारमा तातो पानीको बाफ राम्रो

चितवनमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गयो

काठमाडौं – चितवनमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका ११ का ६२ बर्षिय पुरुष रहेका छन् । उनको बिहिबार दिउँसो चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । ती पुरुष्लाई स्वासप्रश्वासमा समस्या भएपछि भदौं २० गते अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना भएपछि भदौं २२ गते गरिएको परिक्षणमा रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । उनको स्वास्थ्यमा झन समस्या हुँदै गएपछि

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७४ लाख

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ७४ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७४ लाख ८६ हजार ९६० पुगेको छ । पछिल्लो २४ घण्टामा २ लाख १८ हजार १४९ संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ८ लाख ९४ हजार ९८३ जनाको मृत्यु भइसकेको छ ।