स्वास्थ्य

तस्विरः फाइल

काठमाडौं १३, भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३ सय ४० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार ३१३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २० जार ५ सय ५५ पुगेको छ । यस्तै कोरोना भाइरस संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । पाल्पा, भक्तपुर,

महोत्तरीका दुई जनामा मृत्युपछि कोरोना संक्रमण पुष्टि

जनकपुरधाम १३, भदौ। महोत्तरीमा मृत्यु भएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महोत्तरीको पिपरा गाउँपालिका-७ का ७० बर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा शुक्रबार उनको मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरेर परीक्षण गर्दा पोजेटिभ आएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक कमलेश प्रसाद यादवले जानकारी दिए ।महोत्तरीकै भंगहा नगरपालिकाका ३५ बर्षीय युवकमा पनि मृत्युपछि कोरोना संक्रमण

डा. गोविन्द केसीमाथिको गैरमानवीय कार्य बन्द गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं १३, भदौ । नेपाल चिकित्सक संघले डा. गोविन्द केसीलाई हिँडडुल गर्न नदिने अस्वाभाविक र गैरमानवीय कार्य तत्काल बन्द गर्न सरकारसँग माग गरेको छ । संघले शनिबार एक विज्ञप्ति जारी गर्दै डा. केसीलाई आफू बसेको स्थानबाट बाहिर जान, हिँडडुल गर्न सुरक्षाकर्मीको प्रयोग गरी रोकिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘मानवीय कार्यमा संलग्न जिम्मेवार चिकित्सकलाई बिना कुनै कारण सुरक्षाको घेरामा राख्ने, हिँडडुल गर्न नदिने, नागरिकहरुसँग सम्पर्क गर्न नदिने जस्ता

कोरोनाबाट नेपालगन्जमा थप एकजनाको मृत्यु

नेपालगन्ज ११, भदौ । नेपालगन्जमा कोरोना भाइरस संक्रमणबाट थप एकजनाको मृत्युभएको छ । नेपालगन्ज उमहानगरपालिका–७ की ७० बर्षीया महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । छातिको समस्या भएपछि ती महिला भदौ ३ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी थिइन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको त्यही दिन नमुना संकलनगरी भेरी अस्पताल पठाइएको थियो । त्यसको दुई दिनपछि

तस्विरः फाइल

काठमाडौं ११, भदौ । पछिल्लो पटक वीरगञ्ज, पोखरा, ललितपुर र बुटवलमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्जमा तीन, पोखरा, ललितपुर र बुटवलमा एक-एकजना गरी ६ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८१ पुगेको छ । -पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिलाको मृत्यु भएको हो । भदौ ८ गते नारायणी अस्पतालमा

तस्विरः फाइल

मृतक काठमाडौं महानगरपालिका–२१ ओमबहाल घर भएका ६७ वर्षीय वृद्ध थिए भने छतमा रोइरहेका पुरुष उनका छोरा रहेछन् । भन्छन्, ‘अस्पताल परिसरमै भएर पनि म बुबाको नजिक जान पाइन ।’

विराटनगर नोबेल मेडिकल कलेजका स्टाफ नर्सहरुले दिए सामूहिक राजीनामा

विराटनगर १०, भदौ । नोबेल मेडिकल कलेज विराटनगरमा कार्यरत नर्सहरुले आफ्नो माग सुनवाइ नभएपछि सामूहिक राजीनामा दिएका छन् । अस्पतालमा काम गर्दै आएका स्टाफ नर्सहरूले राखेको ७ बुँदे माग नोबेल मेडिकल कलेज प्रशासनले सुनवाइ नगरेको भन्दै नर्सहरूले सामूहिक राजीनामा दिएका हुन् । सम्पूर्ण स्वास्थ्यकर्मीहरूको जीवन बीमा गरिदिनुपर्ने, अस्पतालमा कार्यरत कोही पनि संक्रमित भएमा सम्पूर्ण खर्च, प्लाज्मा थेरापी, आइसीयू र भेन्टिलेटरको खर्च अस्पतालले व्यहोर्नुपर्ने र यदि संक्रमितसँगको सम्पर्कमा पुगेका स्वास्थ्यकर्मी पाँचदिन

कोरोना अपडेटः आज ८८५ थपिए, मृत्यु थप ११, डिस्चार्ज ३८५

काठमाडौं १०, भदौ । नेपालमा बुधवार कोरोना भाइरसका ८८५ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८८५ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ३८५ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १९ हजार ५०४ जना डिस्चार्ज भएका छन् । हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ३३ हजार ४१८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख

काठमाडौं । विश्वका २१६ देशमा फैलिएको कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख १८ हजार ३४३ पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख १० हजार ४९२ को मृत्यु भइसकेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ ।

तस्विरः फाइल

नेपालगन्ज १०, भदौ । बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । नेपालगन्ज उमपहानगरपालिका– १ का ३७ बर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयोे । छातीको समस्या भएपछि उनी सोमवार विहान १० बजे अस्पताल भर्ना भएका थिए । उनको सोमवार नै पीसीआर परीक्षणका लागि स्वाब लिइएको थियो । मंगलवार दिउँसो तीन बजे रिपोर्ट