स्वास्थ्य

पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण

काठमाडौं । विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ । अमेरिकाको बाल्टिमोरमा एक अमेरिकी नागरिकमा आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गरिएको हो । समाचार संस्था रोयटर्सका अनुसार सात घण्टा लामो शल्यक्रियापछि ५७ वर्षीय डेभिड बेनेटमा मुटुको प्रत्यारोपण सफल भएको हो । शल्यक्रियामा युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिसिनको टिम संलग्न थियो । शल्यक्रियामा संलग्न चिकित्सकहरूले बेनेटको स्वास्थ्य अवस्थामा सुधार आइरहेको बताएका छन् । बेनेटको जीवन बचाउन यो

भारतमा पछिल्लो २४ घण्टामा एक लाख ८० हजार जनामा कोरोना संक्रमण

काठमाडौं । भारतमा दैनिक कोरोना संक्रमितको संख्या एक लाख ८० हजार नजिक पुगेको छ । सोमबार कोभिड-१९ का एक लाख ७९ हजार ७२३ नयाँ संक्रमित थपिएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयकले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४६ जना संक्रमितको मृत्यु भएको छ । आज थपिएका संक्रमितसँगै हाल भारतमा सक्रिय संक्रमितको संख्या ७ लाख २३ हजार ६१९ पुगेको छ । त्यस्तै, दैनिक संक्रमण दर (पोजिटिभिटी रेट) १३.२९ प्रतिशत रहेको

नेपालमा २७ जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि

काठमाडौं । नेपालमा हालसम्म २७ जनामा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । आइबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता मिश्राले सो जानकारी दिएकी हुन् । उनले ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिन् । उनले ओमिक्रोनको बढ्दो संक्रमणलाई ध्यानमा राखि प्रदेशहरुमा जम्मा ८५ वटा अक्सिजन प्लान्ट स्थापना भइसकेको बताइन् । उनले ओमिक्रोनबाट बच्न खोप लगाउने, जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गराउने नै रहेको बताइन्

फाइजर खोप खरिद प्रक्रिया अघि बढेको छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोर–किशोरीलाई लक्ष्य गरेर नेपाल सरकारले फाइजरको ६० लाख मात्रा खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ । विश्व बैंकको सहयोगमा फाइजरको ६० लाख मात्रा खोप खरिद गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी गरेको र यससम्बन्धी फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने तयारीमा रहेको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए । कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले उच्च प्राथमिकता दिँदै आएको

चीन सरकारद्वारा नेपाललाई १६ लाख मात्रा खोप प्रदान

काठमाडौं । चीन सरकारले नेपाल सरकारलाई कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप प्रदान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई नेपालका लागि चीनका राजदूत होउ यान्छीले भेरोसेल खोप प्रदान गरेकी हुन् । मन्त्री खतिवडाले खोप प्रदान गरेर नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धमा एउटा इँटा थप भएको बताइन् । “हामीले चीनबाट पाउँदै आएको सहायताको निरन्तरता अन्तर्गत अहिलेको परिस्थितिमा १६ लाख मात्रा खोप अनुदान स्वरुप प्राप्त गरेका

कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या १ करोड नाघ्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउने नेपालीको संख्या १ करोड नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार कुल कूल १ करोड ९२ हजार १६४ जनाले कोरोना खोप लगाएका हुन् । मन्त्रालयको विवरण अनुसार पहिलो डोज लगाउनेको संख्या ५४ लाख २४ हजार ८३६ छ भने दुवै डोज लगाउने ४६ लाख ६७ हजार ३२८ जना पुगेका छन् । सरकारले २ करोड १७ लाख ५६ हजार ७६३ जनालाई

कोरोना सङ्क्रमितको मिर्गौला डायलासिस गर्न छुट्टै उपकरणको व्यवस्था

चितवन । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमितको मिर्गौला डायलासिस गर्न छुट्टै उपकरणको व्यवस्था गरिएको छ । डायलासिस विभागमा रहेका नौवटा उपकरणमध्ये एउटा कोभिड सङ्क्रमितका लागि छुट्याइएको हो । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कोभिडका लागि छुट्टै राखिएको डायलासिस उपकरणमा गत साउनमा मात्रै छ कोभिड सङ्क्रमितले १३ पटक सेवा लिएका छन् । अस्पतालमा रहेका १२ डायलासिस उपकरणमध्ये एउटा बिग्रिएको छ भने दुई प्रयोगमा नै आएका छैनन् । दैनिक चार सिफ्टमा डायलासिसको

शुक्रबार बाट ११ र १२ का विद्यार्थीलाई भेरोसेल खोपको पहिलो डोज खोप लगाउदै

काठमाडौं । काठमाडौंमा शुक्रबारदेखि कक्षा ११ र १२ का विद्यार्थीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज शुक्रबार बाट पाउने भएका छन् ।स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई  शुक्रबार वाट खोप दिइने बताए । यी हुन् खोप केन्द्रहरु : सशस्त्र प्रहरी अस्पताल, बलम्बु वीरेन्द्र सैनिक अस्पताल, छाउनी राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज वीर अस्पताल,

१२ देखि १७ वर्ष उमेरका लागि ४० लाख खोप नेपाल आउँदै

काठमाडौं । १२ देखि १७ वर्ष उमेरका लागि मोर्डनाकोनाट ४० लाख डोज खोप नेपाल आउने भएको छ । विश्व बैंकले आगामी फागुनदेखि ४० लाख मोर्डना खोप आउने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता भएको बताउनुभएको छ । उक्त खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई लगाइने सरकारले जनाइसकेको छ । विश्व बैंकको वित्तीय सहयोगमा

कोरोना संक्रमितलाई नसा तथा स्नायुमा समस्या देखिन थाल्यो

काठमाडौं । कोरोना सङ्क्रमित भएको दुई महिनापछि हात दुख्ने समस्याले सताउन थाल्यो ४५ वर्षीय रजिस कार्कीलाई । “किन हात दुखेको थाहै नपाएपछि आफैँले नदुख्ने औषधि सेवन गर्न थालेँ”, उनले भने, “दुखाइ झन् झन् बढ्न थाल्यो कम हुने नाम नै लिँदैन र डाक्टरकोमा जचाउन गएँ ।” कार्कीले थपे, “तर उपचार गराउन धेरै ढिला भएको भए पक्षघातसम्म हुने सम्भावना रहेको चिकित्सकले जानकारी दिनुभएको थियो ।” उनका अनुसार उनलाई कोरोना सङ्क्रमण भएपछि निको