दीपक मनाङेलाई २५ हजार जरिवाना


  • दीपक मनाङेलाई २५ हजार जरिवाना
  • काठमाडौं । निर्वाचन आयोगले मनाङ प्रदेश सभा ‘ख बाट निर्विरोध निर्वाचित भएका राजीव गुरुङ उर्फ दीपक मनाङेलाई २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।
    गुरुङलाई निर्वाचन आचारसंहिता उल्लघंन गरेको अभियोगमा सो जरिवाना गरिएको निर्वाचन आयोगले जनाएको छ । मनाङेले केही साता पहिले सार्वजनिक रूपमा निर्वाचन आयोगले तयार पारेको उम्मेदवारले गर्ने खर्चको सीमाको आलोचना गरेका थिए । मनाङेले आयोगले उम्मेदवारलाई ३० लाखको खर्चको सीमा तोकेकोप्रति आपत्ति जनाउँदै उम्मेदवारी दर्ताकै दिन १५ लाखको रक्सी खाने बताएका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *