दीपक मनाङेलाई २५ हजार जरिवाना
काठमाडौं ।
निर्वाचन आयोगले मनाङ प्रदेश सभा ‘ख बाट निर्विरोध निर्वाचित भएका राजीव गुरुङ उर्फ दीपक मनाङेलाई २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।
गुरुङलाई निर्वाचन आचारसंहिता उल्लघंन गरेको अभियोगमा सो जरिवाना गरिएको निर्वाचन आयोगले जनाएको छ । मनाङेले केही साता पहिले सार्वजनिक रूपमा निर्वाचन आयोगले तयार पारेको उम्मेदवारले गर्ने खर्चको सीमाको आलोचना गरेका थिए ।
मनाङेले आयोगले उम्मेदवारलाई ३० लाखको खर्चको सीमा तोकेकोप्रति आपत्ति जनाउँदै उम्मेदवारी दर्ताकै दिन १५ लाखको रक्सी खाने बताएका थिए ।