कोरोना संक्रमणका कारण कांग्रेस महासमिति सदस्यको निधन


  • कोरोना संक्रमणका कारण कांग्रेस महासमिति सदस्यको निधन
  • काठमाडौं - नेपाली कांग्रेसका महासमिति सदस्य मदन मण्डलको कोरोनाभाइरसको संक्रमणबाट निधन भएको छ ।
    कोरोना संक्रमित ४५ वर्षीय मण्डलको आइतबार बिहान निधन भएको हो । बारा आदर्शकोटवाल गाउँपालिका टेढाकटी घर भएका उनलाई श्वासप्रश्वासको समस्या देखिएपछि पिसिआर परीक्षण गरिएको थियो । नारायणी अस्पतालमा गरिएको पिसिआर परीक्षण गरिएकोमा शनिवार उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । उनको निधन प्रति नेपाली कांग्रेस बाराले दुःख व्यक्त गरेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *