कोरोना संक्रमणका कारण कांग्रेस महासमिति सदस्यको निधन



काठमाडौं - नेपाली कांग्रेसका महासमिति सदस्य मदन मण्डलको कोरोनाभाइरसको संक्रमणबाट निधन भएको छ ।
कोरोना संक्रमित ४५ वर्षीय मण्डलको आइतबार बिहान निधन भएको हो । बारा आदर्शकोटवाल गाउँपालिका टेढाकटी घर भएका उनलाई श्वासप्रश्वासको समस्या देखिएपछि पिसिआर परीक्षण गरिएको थियो ।
नारायणी अस्पतालमा गरिएको पिसिआर परीक्षण गरिएकोमा शनिवार उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । उनको निधन प्रति नेपाली कांग्रेस बाराले दुःख व्यक्त गरेको छ ।