कक्षा १२ को परीक्षा भदौ ३० बाट हुने


  • कक्षा १२ को परीक्षा भदौ ३० बाट हुने
  • काठमाडौं । कक्षा १२ को परीक्षा भदौ ३० बाट सञ्चालन गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार कक्षा १२ को परीक्षा भदौ ३० बाट सञ्चालन हुने भएको हो । सम्बन्धित विद्यालयमा नै परीक्षा हुने गरी बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गरेको छ । परीक्षा केन्द्रले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड र सामाजिक दुरी पालना गरी परीक्षा संचालन गर्नुपर्ने छ । यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दोस्रोपटक स्थगित गरिएको थियो । यसअघि बैशाखमा परीक्षा गर्ने तयारी थियो ।दृष्टिन्युज

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *