कक्षा १२ को परीक्षा भदौ ३० बाट हुने



काठमाडौं ।
कक्षा १२ को परीक्षा भदौ ३० बाट सञ्चालन गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार कक्षा १२ को परीक्षा भदौ ३० बाट सञ्चालन हुने भएको हो ।
सम्बन्धित विद्यालयमा नै परीक्षा हुने गरी बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गरेको छ । परीक्षा केन्द्रले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड र सामाजिक दुरी पालना गरी परीक्षा संचालन गर्नुपर्ने छ ।
यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दोस्रोपटक स्थगित गरिएको थियो । यसअघि बैशाखमा परीक्षा गर्ने तयारी थियो ।दृष्टिन्युज