मतदाता नामावली संकलन स्थगित
काठमाडौं ।
सरकारले निर्वाचन मिति घोषणा गरेसँगै मतदाता नामावली संकलन स्थगित भएको छ ।
चुनावको घोषणा भएकाले आजदेखि मतदाता नामावली संकलनको काम स्थगित हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
तर अनलाइन फारम भरेर औँठा छाप र फोटो खिच्न बाँकी रहेकाको भबोलीसम्म संकलन गरिने उनले बताए । यसैबीच २०७४ सालमा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनयता २७ लाख मतदाता थपिएका छन् ।
योसँगै अहिले १ करोड ८१ लाख ८२ हजार २ सय ३९ मतदाता पुगेका छन् ।