हर्क साम्पाङले सय दिनमा गरेका १३ काम


  • हर्क साम्पाङले सय दिनमा गरेका १३ काम
  • काठमाडौं । धरानका मेयर हर्क साम्पाङले सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । बिहीबार बिहान फेसबुकमार्फत् १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका हुन् । साम्पाङले सार्वजनिक गरेको कामको विवरण यस्तो छ : १. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें । २. ४ ठाउँबाट खानेपानीको मूहान थपें । ३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ । ४. ६ लाख विरुवा रोपें । ५. सरसफाइमा देखिने सुधार ल्याएँ । ६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ । ७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें । ८. बाटो मर्मत संभार तथा टटबन्धन, विपद व्यवस्थापन । ९. लागु औषध विरुद्धको अभियान शुरु गरें । १०. योजनाका लागि बजेटको जोहो गराएँ । ११. पारदर्शी हिसाब किताब सार्बजनिक गरें । १२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ । १३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *