हर्क साम्पाङले सय दिनमा गरेका १३ काम
काठमाडौं ।
धरानका मेयर हर्क साम्पाङले सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् ।
बिहीबार बिहान फेसबुकमार्फत् १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका हुन् ।
साम्पाङले सार्वजनिक गरेको कामको विवरण यस्तो छ :
१. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें ।
२. ४ ठाउँबाट खानेपानीको मूहान थपें ।
३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ ।
४. ६ लाख विरुवा रोपें ।
५. सरसफाइमा देखिने सुधार ल्याएँ ।
६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ ।
७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें ।
८. बाटो मर्मत संभार तथा टटबन्धन, विपद व्यवस्थापन ।
९. लागु औषध विरुद्धको अभियान शुरु गरें ।
१०. योजनाका लागि बजेटको जोहो गराएँ ।
११. पारदर्शी हिसाब किताब सार्बजनिक गरें ।
१२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ ।
१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ ।