कर्मचारीको पक्षमा परमादेश
![](https://www.sauryapatra.com/wp-content/uploads/2023/09/maruti-cement.gif)
![कर्मचारीको पक्षमा परमादेश](https://www.sauryapatra.com/wp-content/uploads/2022/08/058FCA14-9B70-438D-82B7-B8D73042C1FF-1025x460.jpeg)
![](https://www.sauryapatra.com/wp-content/uploads/2024/07/tata-tiago.jpg)
काठमाडौं ।
सर्वोच्च अदालतले ‘कर्मचारी समायोजन कानुनविपरीत भएको’ भन्दै दायर भएका रिटमा परमादेश जारी गरेको छ ।
कानुनविपरीत भएका निर्णय सच्याउन सम्बन्धित मन्त्रालयलाई परमादेशमार्फत आदेश दिइएको सर्वोच्चका प्रवक्ता विमलप्रसाद पौडेलले जानकारी दिएका छन् ।
समायोजनविरुद्ध कर्मचारीले प्रधानमन्त्री कार्यालय, लोकसेवा आयोग, संघीय मामिला मन्त्रालय लगायतलाई विपक्षी बनाएर मुद्दा हालेका थिए ।
यसैबीच, सर्वोच्च अदालतको संवैधानिक इजलासले कर्मचारी समायोजनविरुद्ध निजामती कर्मचारीले दायर गरेका रिटहरु खारेज गरेको छ । जसमा लोक सेवा आयोग विरुद्धका ९९ वटा रिट खारेज भएका हुन् ।