मोटरसाइकल ठोक्किँदा झापामा दुई जनाको मृत्यु



झापा ।
झापामा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको हो । सोमबार साँझ बिर्तामोड नगरपालिका वडा नम्बर २ स्थित बेलडाँगीमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मे ५ प १६०४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे ३ प ५५८० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मे ३ प ५५८० नम्बरको मोटरसाइकल चालक झापा बाह्रदशीका अनिस साउदेन र मे ५ प १६०४ नम्बरका मोटरसाइकल चालक सोही स्थानका भोलाराज भुजेल, उनकी श्रीमती चन्द्रकला र छोरी प्रशना भुजेल घाइते भएकामा बीएण्डसी अस्पतालमा उपचारको क्रममा दुवै मोटरसाइकल चालकहरुको मृत्यु भएको हो ।
घाइते दुई जनाको अहिले बीएण्डसीबाट बिर्तामोड सिटी अस्पतालमा पठाइएको छ । –न्युज कारखाना