सशस्त्र प्रहरीको एआइजीमा वंशी दाहाल बढुवा



काठमाडौं ।
सशस्त्र प्रहरी बलको एआइजीमा वंशी दाहाल बढुवा भएका छन् ।
मन्त्रिपरिषद्को २८ असोजको बैठकले डिआइजी दाहाललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो । त्यसअघि ६ असोजमा बसेको बढुवा समितिको बैठकले उनको बढुवा सिफारिस गरेको थियो ।
सरकारले दाहालको बढुवाकै लागि भनेर सशस्त्रमा एआइजीको एक दरबन्दी थपेको थियो । सशस्त्रमा सीमा सुरक्षा विभाग स्थापना गरी एआइजीको दरबन्दी थपिएको हो ।