ताप्लेजुङको मैवाखोलाना ट्याक्टर दुर्घटना, ४ जनाको मृत्यु



ताप्लेजुङ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिका ४ मा ट्याक्टर दुर्ङटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
गएराती याम्फेवा खोा छेउमा भएको दुर्घटनामा चारै जनाको घटनास्थलमै मृत्यु भएको गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले बताए । तेल्लाबुङबाट कम्साङतर्फ जाँदै गरेको ट्याक्टरमा सवार चारै जनाको मृत्यु भएको ताप्लेजुङका डिएसपी कैलाश राईले जानकारी दिए ।
ज्यान गुमाउनेमा चालक मैवाखोला–५ काम्साङका ३१ वर्षीय पासाङ शेर्पा, उनका भाई २४ वर्षीय फुर्बा शेर्पा, मैवाखोला–४ ओदकका २२ वर्षीया सर्मिला शेर्पा र उनकी बहिनी १७ वर्षीया लाकी शेर्पा रहेको प्रहरीले जनाएको छ ।
विस्तृत जिवरण आउन बाँकी भने छ ।