क्रिकेटर सन्दीपलाई आज पुन म्याद थपका लागी अदालत लगिदै



काठमाडौं ।
नाबालिक बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टीमका निलम्बित क्याप्टेन सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थपको तयारी गरिएको छ ।
त्यसका लागि उनलाई आज बुधबार जिल्ला अदालत काठमाडौं लैजाने तयारी गरिएको छ । २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि यसअघि २४ असोज र २७ असोजमा अनुसन्धानका लागि म्याद थप गरिएको थियो । पछिल्लो पटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
लामिछानेमाथि १७ वर्षीया किशोरीले बलात्कार आरोपमा भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै ति किशोरीले उजुरी दिएकी हुन् ।
किशोरीले बलात्कार आरोपमा जाहेरी दिएपछि उनी नेपाली क्रिकेट टिमको क्याप्टेनबाट निलम्बनमा परेका थिए । क्यारेबियन लिग क्रिकेट खेल्न केन्या गएका सन्दीपलाई नेपाल फर्किएलगत्तै अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो ।