एकीकृत समाजवादीद्वारा निर्वाचन परिचालन समिति गठन



काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी)ले अध्यक्ष माधवकुमार नेपालको संयोजकमा २ हजार ५०१ सदस्यीय निर्वाचन परिचालन समिति बनाएको छ ।
समितिमा केन्द्रीय कमिटी, केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय जेष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय परिषद्का पदाधिकारी एवं सदस्य र पार्टीका प्रदेश कमिटीका पदाधिकारी एवं जनवर्गीय संगठनका पदाधिकारी रहेका छन् ।
महासचिव बेदुराम भुसालको संयोजकत्वमा २२ सदस्यीय निर्वाचन परिचालन केन्द्रीय सचिवालय समेत गठन गर्ने निर्णय भएको नेकपा एसले बताएको छ । सचिवालयले निर्वाचन परिचालन तथा व्यवस्थापनका सम्बन्धमा तत्काल आवश्यक निर्णय गर्ने तथा तत्तसम्बन्धमा सम्पादन गर्नुपर्ने कार्य गर्ने बताइएको छ ।
निर्वाचन परिचालन केन्द्रीय सचिवालयमा भुसालका अलावा गंगालाल तुलाधर, विजय पौडेल, विश्वनाथ प्याकुरेल, सावित्रा भुसाल, प्रमोदराज शर्मा, प्रेमल खनाल, लक्ष्मण केसी, केदार सञ्जेल, विष्णु लम्साल, घनप्रसाद गौतम रहेका छन् ।
यस्तै, मोहन गौतम, रमेशरञ्जन झा, उदय श्रे, खेमराज पौडेल, सीताराम नेपाल, द्रोणाचार्य क्षेत्री विश्वमणी सुवेदी, प्रकाश खतिवडा, विशाल भण्डारी, सुदेश पराजुली र नितेश पौडेल पनि यो समितिमा छन् ।