भारतमा १० करोड डोज कोरोना खोप नष्ट गरियो



एजेन्सी ।
कोरोनाभाइरस विरूद्धको बुस्टर डोजको माग नभएपछि भारतमा १० करोड डोज खोप नष्ट गरिएको छ ।
संसारकै ठूलो खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाका सिइओ आधार पुनावालाले लगाउने मान्छे नभएपछि १० करोड डोज खोप नष्ट गरिएको बताएका छन् ।
बजारमा माग नभएर डेट एक्स्पायर हुन लागेपछि खोप नष्ट गरिएको हो । पुनावालाले गत डिसेम्बरदेखि आफ्नो कम्पनीले कोभिसिल्ड खोप उत्पादन बन्द गरेको जानकारी दिए ।
सेरमले अब कोभ्याक्स नामको खोप बनाउन लागेको जनाएको छ ।