सुर्य खड्काकाे भारतीय विस्तारवाद विरुद्धको गीत सार्वजनिक



काठमाण्डाै १८ जेठ ।
पछिल्लो समय युवामाझ लोकप्रिय वनेका गायक सुर्य खड्काले भारतीय विस्तारवादको विरुद्धको समसामयिक गीत(“ दादागिरी छोड भारत” युटुव मार्फत सार्वजनिक गरेका छन । सार्वजनिक गरेकाे केही समयमा दर्शककाे राम्राे प्रतिकृया समेत पाएका छन ।
भारतले नेपाली भुभाग लिपुलेकको सिमा मिचेर नेपाली भुमिमा सडक बनाएपछि नेपालीहरुले विभिन्न तरिकाबाट भारतको बिरोध गरिरहेका छन । देशको सिमा लुटिएको अत्यन्तै सान्दर्भिक परिबेशमा आधारित दादागिरी छोड भारत दादागिरी छोड, हाम्लाइ पनि आउँछ कुटनितिको गुणान अनि जोड वोलको गीतमा शिब अखेलीको शब्दऽ खेम सेन्चुरीको लय रहेकाे छ । गीतलाइ सुर्य खड्का र सम्झना लामिछाने स्वर दिएका छन ।