तिहार बिदाको बीचमा पनि नया श्रम स्वीकृति लिन पाइने



काठमाण्डौं ।
तिहार बिदाको बीचमा पनि ताहचलस्थित वैदेशिक रोजगार कार्यालय खुल्ने भएको छ । सरकारले कात्तिक ७ देखि १३ गतेसम्म तिहार बिदा दिए पनि कार्यालयले ७ गते र ८ गते सेवा प्रवाह गर्ने भएको हो ।
वैदेशिक रोजगारीमा जानेहरूको अन्तिम श्रम स्वीकृति प्रदान गर्ने निकाय भएकाले पनि सार्वजनिक बिदाको २ दिन सेवा प्रदान गर्ने र कात्तिक ९ गतेदेखि मात्र बन्द गरिने कार्यालयले जनाएको छ ।
श्रम स्वीकृतिसम्बन्धी सबै सेवा अनलाइनबाटै पाइने भए पनि बायोमेट्रिक नभएका श्रमिकहरू अहिले पनि श्रम स्वीकृति लिन कार्यालय नै पुग्नपर्छ ।
पुनः श्रम स्वीकृति सातै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयले प्रदान गर्छन् । तर नयाँ श्रम स्वीकृति श्रम तथा रोजगार कार्यालय ताहचलले मात्र दिन्छ ।