ठाउँ–ठाउँमा मण्डला



कार्तिक ७, २०७४-पाटनको थ्याका युवा पुच:ले न्हूदँ नयाँ वर्ष नेपाल संवत् ११३८ को उपलक्ष्यमा मण्डला बनाएको छ । सर्वसाधारणलाई मण्डलाको महत्त्वका बारेमा जानकारी दिन नकबहिलस्थित मूल डबलीमा मण्डला बनाइएको पुच:ले जनाएको छ । ‘संस्कृत शब्द मण्डलादीबाट उत्पत्ति भएको मण्डल नेपाल भाषामा मण्ड: र अंग्रेजीमा मण्डला भनिन्छ,’ मण्डला विशेषज्ञ प्रचण्ड शाक्य भन्छन्, ‘नेपाल भाषामा मण्ड: भनेको ज्ञान र लादी भनेको सार रहेको मण्डला हो ।’ सर्वप्रथम बुद्धले शिष्य आनन्दलाई ‘ह्वील अफ लाइफ’ भवधर्मचक्र मण्डलका बारेमा वर्णन गरेका थिए । ‘यहीँबाट मण्डलाको विकास भएको हो,’ उनले भने, ‘युवा पुस्ताले मण्डला हेरेर आकर्षित हुने मात्र नभई त्यसले दिन सक्ने ज्ञान लिनुपर्छ ।’