विश्वकपमा आज भारत र पाकिस्तान भिड्दै



एजेन्सी ।
अष्ट्रेलियामा जारी आईसिसी टी-२० विश्वकप क्रिकेटमा आज पाकिस्तान र भारत भिड्दै छन् ।
मेलबर्नमा हुने खेललाई मौसमले प्रभाव पार्नसक्ने मौसमविद्ले अनुमान गरेका छन् । खेल हुने समयमा ७०–८० प्रतिशतसम्म पानी पर्ने सम्भावना रहेको मौसमविद्ले पूर्वानुमान गरेका छन् ।
यदि वर्षाका कारण यो खेल रद्द भए अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले ९ अर्ब २९ करोड ६० लाख रूपैयाँ घाटा बेर्होनुपर्छ । विश्वकपमा भारत र पाकिस्तानबीच हुने खेलको टिकट बिक्री भएको केही घन्टामै सोल्डआउट भएको थियो ।
यदि वर्षाले खेल रद्द भएमा दुबै टोलीले १–१ अंक बाँढ्नेछन् । यी दुईबीच अर्को खेल हुनेछैन । अहिलेसम्म अन्तर्राष्ट्रिय टी–२० खेलमा भारत र पाकिस्तानले एकआपसमा ११ खेल खेलेका छन् ।
जसमा भारतले ७ र पाकिस्तानले ३ खेलमा जित निकालेको छ । एक खेल टाई भएको छ । पाकिस्तानले भारतलाई एकदिवसीय विश्वकपमा हराउन सकेको छैन ।