नेपालगज १९ जेठ ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा मध्यराती गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । भारतका विभिन्न शहरहरुवाट मजदुरी गरेर नेपालगजवाट मध्यराति सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी बाँकेको ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएको थियो । सोही क्रममा गाडीमा सवार ११ जनाको घटनास्थलमै र १ जनाको भेरी अस्पतालमा उपचारकाे क्रममा ज्यान गएको काेहलपुरका प्रहरी निरीक्षक देवेन्द मल्लले वताए ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचार गर्न नेपालगञ्ज ल्याइएको छ । शवहरु भेरी अस्पतालमा राखिएको छ । मृतककाे सनाखत नभएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएकेाे छ ।
मृतक र सबै घाइतेको कोरोना परिक्षण गरिने बाके जिल्लाका एसपी वीर वहादुर वलीले बताए । उनका अनुसार मृतकको सनाखत हुन सकेको छैन् । मृतकमध्ये ११ जना पुरुष र १ महिला रहेका छन् । मृतक र सबै घाइतेको कोरोना परिक्षण समेत गरिने उनले बताए ।
