विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र श्रीलङ्का भिड्दै


  • विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र श्रीलङ्का भिड्दै
  • एजेन्सी । अष्ट्रेलियामा जारी टी ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगितामा आज घरेलु टोली र श्रीलङ्का भिड्दैछन् । खेल नेपाली समयअनुसार अपराह्न ४ः४५ बाट सुरु हुनेछ । अष्ट्रेलियाले पहिलो खेलमा न्युजिल्याण्डसँग हार व्यहोरेको थियो । श्रीलङ्कन टोलीले भने समूह चरणबाट सुपर १२ मा क्वालिफाइ हुँदै पहिलो खेलमा आयरल्याण्डलाई हराएको थियो । अंक तालिकामा पुछारमा रहेकाले अष्ट्रेलियालाई खेल जित्नैपर्ने दबाब छ । श्रीलङ्का अंक तालिकामा दोस्रो स्थानमा छ । उसलाई पनि आजको खेलमा जित हात पारेर प्रतियोगितालाई सुखद् बनाउनु छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *