भारतबाट ल्याइएको २० क्विन्टल अवैध माछा बरामद



नवलपरासी ।
भारतबाट भित्र्याइएको २० क्विन्टल अवैध माछा प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार भारतबाट फर्मालिन ( माछा ताजा देखाउन राखिने औषधि) राखेर ल्याइएको माछा बरामद भएको हो । फार्मालिन राखेको माछा विषाक्त मानिन्छ ।
पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिकामा रहेको क्वारेन्टाइनबाट कात्तिक ६ गते बनाइएको कागजातमा काठमाडौं कालीमाटी लैजाने भनिएको छ । प्रतापपुरबाट ल्याएको भनिएको माछाको कागजात नक्क्ली देखिएको छ ।
ट्रकबाट काठमाडौं कालीमाटी लैजाँदै गरेको माछा प्रहरीले बरामद गरेको हो । माछामा दुर्गन्ध आइसकेको प्रहरीको भनाइ छ । भारतबाट ल्याइने माछा नेपालको भन्दै ढाँटेर बेच्ने गरिएको छ ।