अर्घाखाँची एयरपोर्टमा मोटरसाइकल दुर्घटना हुंदा २ जनाको मृत्यु



सन्धिखर्क।
अर्घाखाँचीको सन्धिखर्कस्थित निर्माणाधीन एयरपोर्टमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।
गएराती एयरपोर्टको रनवेयमा मोटरसाइकल चलाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको हो । प्रदेश नम्बर २–०३८.प.५०३२ नम्बरको मोटरसाइकलमा सवार सन्धिखर्क- १ का २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालले बताए ।
अर्को बा २५ प ८८७६ नम्बरको मोटरसाइकलमा सवार ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका छन् । घाइतेको बुटवलमा रहेको मर्सिटी हस्पिटलमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।
घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख रिजालले जानकारी दिए ।