घरमा आगलागी हुंदा १५ लाखको क्षति



ताप्लेजुङ ।
सिदिङ्वा गाउँपालिका-७ सुरुम्खिममा एउटा घरमा आगलागी हुँदा लाखौ मूल्य बराबरको क्षति भएको छ ।
भाइटीकाको दिन बुरुम्खिम टोलका भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो । दिउँसो भएको आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताए ।
खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री गरी १५ लाख बढीको क्षति भएको प्ररम्भिक अनुमान छ ।आगलागीको कारण खुल्न सकेको छैन ।