मनकामना बस दुर्घटना: पाँचको मृत्यु, २५ जना घाइते



काठमाडौं ।
गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेका दर्शनालु बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
पाल्पाबाट मनकामनाका लागि छुटेको ना६ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । आज बिहान ४ बजे भएको दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनमा परि २५ जना घाइते भएका छन् । घाइतेहरूलाई उद्धार गरि चितवन ल्याउने तयारी भैरहेको प्रहरीले जनएको छ। घटनाको थप विवरण आउन बाँकी छ ।