सशस्त्रमा कमाण्डमा सबैलाई समान अवसर,इन्चार्ज हुन शक्तिकेन्द्र धाउन नपर्ने,



काठमाडौं ।
सशस्त्र प्रहरीमा इन्चार्ज हुन अब शक्तिकेन्द्र धाउन नपर्ने भएको छ । अब कार्यालय प्रमुख(इन्चार्ज)का रूपमा सरुवा हुने अधिकृतहरूको एक वर्ष पहिले नै पूर्वानुमान सूची प्रकाशन हुने भएको छ । मध्यम तहका अधिकृतहरुको सरुवामा हुने अनावश्यक चलखेल रोकी सबैलाई कमाण्डको समान अवसर दिन सशस्त्र प्रहरीले नयाँ मापदण्ड बनाएको हो ।
सशस्त्र प्रहरी प्रवक्ता एसएसपी पुरुषोत्तम थापाका अनुसार इन्सपेक्टरदेखि एसपीसम्मको सरुवा पूर्वानुमान सूची बनेको छ । ज्येष्ठताका आधारमा इन्चार्जमा खटाउने समय तोकेर यस्तो सूची प्रकाशन गर्न लागिएको छ । यस्तो मापदण्ड लागू हुँदा सशस्त्र प्रहरीमा बिओपी, गण, गुल्म, तालिम केन्द्रमा इन्चार्ज खटाउने प्रक्रियालाई पारदर्शी हुने र यसबाट अनावश्यक दबाब र चलखेलसमेत रोकिने सशस्त्र प्रहरी अधिकारी बताउँछन् ।
गण, गुल्म र बिओपीमा एक पटक पनि कमाण्ड नगरेकालाई प्राथमिकताको पहिलो सूचीमा राखिएको छ । एसपीको हकमा तालिम शिक्षालय तथा रिजर्भ गणको इन्चार्ज भएकालाई दोस्रो प्राथमिकता र एउटा गणको कमाण्ड गरी कमाण्ड बाहिर रहेकालाई तेस्रो सूचीमा राखिएको छ । दृष्टिन्युज