क्रिकेटर सन्दीपको बयान सकियो, बुधवारदेखि थुनछेक बहस



काठमाडौं ।
नाबालिका बलात्कार अभियोगमा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेको बयान सकिएको छ ।
न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपसँग मंगलबार बयान लिएको हो । बयान सकिएकाले बुधबारबाट थुनछेक बहस शुरु हुने अदालतले जनाएको छ ।
सरकारी वकिलको कार्यालयले सन्दीपलाई १० देखि १२ वर्ष कैद र उचित क्षतिपूर्ति तिराउन माग गर्दै अदालतमा मुद्दा दर्ता गरेको थियो ।
भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्याएर बलात्कार गरेको आरोप लगाउँदै एक नाबालिकाले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी दिएका थिए ।